सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीका मुख्य बजारमा ट्राफिक प्रहरीले हर्न निषेध होडिङ बोर्ड राख्यो

सवारी चालकहरुले जथाभावी हर्न बजाउन थालेपछि बैतडीमा ट्राफिक प्रहरीले हर्न निषेध होडिङ बोर्ड राखेको छ । जिल्लाका मुख्य बजार क्षेत्रमा हर्न निषेध होडिङ बोर्ड राखिएको ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख दशरथ नाथले बताए ।

जिल्लाको शाहीलेक, गोठलापानी लगायतका बजारमा हर्न निषेध होडिङ बोर्ड राखिएको उनले बताए । बजारमा सवारी चालकहरुले जथाभावी हर्न बजाउने भएकाले बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र समेत बनाइएको छ ।

Sana Kishan

जथाभावी हर्न बजाउँदा ध्वनी प्रदूषण हुने भएकाले बजार क्षेत्रमा हर्न निषेध गरिएको ट्राफिक प्रमुख नाथले बताए । होडिङ बोर्डका माध्यमबाट जनचेतना जगाउनका लागि हर्न निषेध होडिङ बोर्ड राखिएको उनले बताए । ट्राफिक संकेतहरुको बारेमा समेत यसले जानकारी हुने भएकाले बोर्डहरु राखिएका हुन् ।

World Link Ads
Mahakali Polytechnic

बजार क्षेत्रमा जथाभावी हर्न बजाउँदा अन्य क्षेत्रमा समेत असर पर्ने भएकाले हर्न निषेध होडिङ बोर्डहरु राखिएका हुन् । उनले भने ‘हामीले सवारी चालकहरुलाई ट्राफिक नियमका बारेमा जानकारी दिने गरेका छौं । ठाउँठाउँमा राखिएका ट्राफिक संकेतहरुको बारेमा पनि हामीले जानकारी दिइरहेका छौं । हर्न निषेध होडिङ बोर्डले पनि सवारी चालकहरुलाई सहज हुने हाम्रो विश्वास छ ।’ सगुन खबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.