सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घटस्थापनाका दिन निङ्गलाशैनी भगवती मन्दिरमा ‘हिङलो’ ठड्याइने

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्रांगणमा हिङलो ठड्याइने भएको छ । चैते नवरात्रको घटस्थापनाका दिन ‘हिङलो’ठड्याउने तयारी भएको निर्माण समितिका संयोजक प्रकाश बोहराले बताए ।

निङ्गलाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङलो जीर्ण भएपछि नयाँ हिङलो राख्ने तयारी भएको हो । निङ्गलाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङलो निर्माण गरिएको हो ।

Sana Kishan

पिङ अर्थात ‘हिङलो’मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । मन्दिरमा गएको ५÷७ बर्ष यता हिङलो नभएकाले हिङलो ठड्याउने तयारी भएको हो । उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरमा परापूर्वकालदेखि नै ‘हिङलो’ राख्ने चलन रही आएको हो । हिङलो राख्ने परम्परा अनुसार हिङलो तयार पारेका छौं ।’

World Link Ads
Mahakali Polytechnic

पहिला पहिला दार्चुलाको लालीबाट सालको काठ ल्याएर मन्दिरमा हिङलो राख्ने चलन रहेको थियो । दार्चुलाको लालीबाट सालको काठ ल्याउन सम्भव नभएपछि स्थानीय युवाहरुको सक्रियतामा देवदारको हिङलो निर्माण गरिएको उनले बताए । उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरको प्रांगणमा हिङलो राख्ने पहिलादेखिको परम्परा हो । तर पछिल्लो समयमा हिङलो नहुँदा खल्लो भएको थियो । हामीहरुले सल्लाह गरेर हिङलो राख्ने निर्णय गरेका हौं ।’

Dirghayu Ads

मन्दिरमा ठड्याउन तयार पारिएको हिङलोलाई रंगरोगन गरिएको छ । घटस्थापनका दिन मन्दिरमा हिङलो ठड्याउने कार्यक्रम रहेकाले सबैलाई सहभागिताका लागि आग्रह समेत गरिएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.