सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनधिकृत संरचनामा पाटन नगरपालिकाको डोजर चल्यो

बैतडीको पाटन बजार क्षेत्रमा निर्माण भएका अनधिकृत संरचना पाटन नगरपालिकाले भत्काएको छ । बजार क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएका संरचनाहरु डोजर चलाएर भत्काएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए ।

सार्वजनिक जमीन प्रयोग गरेर निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले ३५ दिने सूचना जारी गर्दा समेत संरचना नहटाएपछि नगरपालिकाको डोजर चलेको हो । पाटन बजार क्षेत्रमा सडक चौडा पार्नका लागि ठेक्का सम्झौता भइसकेको अवस्थामा अनधिकृत संरचना भत्काइएको नगर प्रमुख रावलले बताए । उनले भने ‘नगरपालिकाको सूचनाको अवज्ञा गरिएपछि डोजर चलाइएको हो ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पाटन नयाँ शहर आयोजना अन्तर्गत पाटन बजार क्षेत्रमा सडक चौडा पार्नका लागि ठेक्का सम्झौता गरिएको छ । अनधिकृत संरचना नहटाउँदा सम्म काम अघि बढ्न नसकेपछि नगरपालिकाले डोजर चलाएको हो । एयरपोर्ट लाइनमा निर्माण भएका खोकाछाप्रा डोजर चलाएर भत्काएपछि अब सडक निर्माणको काम अघि बढ्ने बताइएको छ ।

सार्वजनिक जमीन प्रयोग गरेर निर्माण गरिएका अनधिकृत संरचना भत्काउने कार्य जारी रहने नगरपालिकाले जनाएको छ । नगर क्षेत्रका जुनसुकै ठाउँमा अनधिकृत रुपमा संरचना बनेका भए त्यस्ता संरचनाहरु भत्काइने नगर प्रमुख रावलले बताए । उनले भने ‘सार्वजनिक क्षेत्रमा निर्माण गरिएका संरचनाहरु हटाउन आग्रह गर्दा समेत नमानेपछि डोजर चलाएका हौं । सार्वजनिक जमीनमा निर्माण गरिएका सबै संरचना भत्काउने कार्य जारी रहन्छ ।’

पाटनलाई व्यवस्थित बजार बनाउनका लागि अनधिकृत संरचना हटाइएको बताइएको छ । बैतडीमा अनधिकृत संरचना हटाउनेमा पाटन नगरपालिका पहिलो स्थानीय तह बनेको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.