सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको श्रीभावरमा खानेपानीको हाहाकार

20
Sana Kishan

बैतडीको श्रीभावरमा खानेपानीको समस्या भएको छ । जिल्लाको सिगास गाउँपालिकावडा नं ९ स्थित श्रीभावरमा लामो समय देखि पानीको समस्या भएको हो ।

खानेपानी अभाव हुँदा समस्या भएको बजार व्यवसायीहरुले बताए । पानी अभावले होटेल व्यवसाय सञ्चालनमा पनि समस्या भएको बजार व्यवसायी चन्द्र बहादुर चन्दले बताए । आफुहरु लामो समय देखि पानीको समस्या झेलिरहेका उनको भनाइ छ ।

Arus

पानी अभावमा धेरै समस्या भएको अर्का स्थानीय धनबहादुर बोहराले बताए । खानेपानीको समस्याका कारण होटेल व्यवसाय सञ्चालन गर्न पनि समस्याभएको उनले बताए । करिब दूइ घण्टाको बाटो हिँडेर पानीको जोहो गरिराखेका भएपनि मुहानमा पनि पानी कम हुँदा समस्या हुने गरेको उनले दुखेसो पोखे । दुइघण्टा उकाली चढेर पानील्याउनु पर्ने आफुहरुको बाध्यता रहेको अर्का होटेल सञ्चालिका बिमला साउदले बताइन् ।

Karnali Traders

‘सारै समसया छ, दुईघण्टाको उकालोमा पिठ्युमा पानी बोकेर ल्याउनुपर्छ, उनले भनिन्। मुहानमा समेत पानी कम भएकाले कुनै दिन वित्थडबाट ल्याउने गरेका स्थानीय गरिमा विष्ले बताइन् । बझाङको वित्थड गएर आफुहरु पानीको जोहो गरिरहेका उनले बताइन् । श्रीभावरका बजार व्यवसायीका साथै नजिकका रमिलापूर र जालहाल्ला भन्ने गाउँबस्तीमा समेत खानेपानीको अभाव रहेको छ ।

यी ठाउँमा बसोवास गर्ने करिब ४० घरधुरीले पानीको समस्या भोगि रहेका छन् । केहि वर्ष पहिले श्रीभावर तल्लो खोलाबाट बजारमा पानी तानेको भएपनि त्यो दिगो र प्रभावकारी नभएको स्थानीय दिनेश चन्दले बताए । सरकारले आवश्यक बजेटको व्यवस्था गरिदिए आफुहरुका पानीका पिडा समाधान हुने उनले बताए।

पटकपटक यहाँका सरोकारवाला निकायलाई पानीको माग राखेपनि पुरा नभएका उनले सुनाए । अहिलेका सांसदहरुलाइ पनि यो समस्या अवगत गाराएको स्थानी कर्ण चन्दले बताए। प्रदेश संघमा प्रतिनिधित्व गर्नेहरुले चुनावि दौरानमा पानीको समस्या समाधान गर्ने बचन दिएकाले चाँडै समस्या हल हुने आशा भने लिएका उनको भनाई छ। सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.