सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलाको रौनक

28
Sana Kishan

बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलाको रौनक शुरु भएको छ । यो क्षेत्रका विभिन्न जिल्लाहरुमा चैतको महिना विवाहित छोरीबेटीहरुलाई माइतीले भेट्ने चलन रही आएको छ । विवाहित दीदीबहिनीहरुलाई दाजुभाईले कोसेलीसहित भेट्ने चलन रही आएको हो ।

माइती पक्षका तर्फबाट कोसेलीसहित दिदि बहिनीहरुको घरमा पुग्ने चलन रहेको दशरथचन्द नगरपालिका–२ की पार्वती बोहराले बताइन् । उनले भनिन् ‘ चैतको महिना हरेक बर्ष विवाहित छोरीबेटीहरुलाई भेट्ने चलन रही आएको छ । माइती पक्षले यो महिना भेटघाट गर्दा खुसी लाग्ने गरेको छ ।’

Arus

परापूर्वकालदेखि नै यो क्षेत्रमा चैतको महिना माइती पक्षले छोरी बहिनीहरुलाई भेटघाट गर्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । उनले भने ‘पहिला पहिला सञ्चारका साधनहरु पनि थिएनन्। सानै उमेरमा बिहे गरिदिने चलन थियो। माइती पक्षको छोरी बहिनीहरुलाई नियास्रो पनि लाग्ने गरेको थियो। त्यसैले माइती पक्षले कोसेलीसहित भेटघाट गर्ने चलन चलेको हो। यो चलन अहिले पनि छ ।’

Karnali Traders

चैतको महिनाको शुरुदेखि महिनाभरी विवाहित छोरीबैनीहरुलाई भेट्ने चलन रही आएको दशरथचन्द नगरपालिका १ का मञ्जु भट्टले जानकारी दिइन् । यो महिनाको भेटघाटले माइतीको नियास्रो मेटिने गरेको उनले बताइन् । माइती पक्षले मिठामिठा परिकार सहित छोरी बैनीहरुलाई भेट्ने चलन रही आएको छ ।

कोसेलीसहित माइतीहरु छोरीबैनी भेट्नका लागि पुग्ने गरेका छन् । हरेक बर्ष चैतको महिना छोरीबैनीहरुलाई भेट्ने चलन रही आएको दार्चुलाका स्थानीय गंगासागर जोशीले बताए । यो महिना छोरीबैनीहरुसंग भेटघाट गर्ने महिना भएकाले भिटौलाको रौनक शुरु भएको जोशीले बताए । उनले भने ‘भिटौलाले छोरीबैनीहरुसंग माइती पक्षको आत्मीयता अझै बढाउने गर्दछ । यसका साथै छोरीबैनीहरुको अवस्थाका बारेमा माइती पक्षलाई समेत थाहा हुने भएकाले यो निकै राम्रो चलन रहेको छ ।’

बैतडी, दार्चुला लगायतका जिल्लाहरुमा चैतको महिनामा माइती पक्षले छोरी बैनीहरुलाई भेट्ने चलन रही आएको र यसैलाई भिटौलो भन्ने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । पहाडबाट तराईमा बसाईसरेकाहरु पनि भिटौलो चलन मनाउँदै आएका छन् । चैतको महिना दीदीबहिनीहरुलाई नभेट्दा अपशकुन हुन्छ भन्ने मान्यता समेत रही आएको लेखकले बताए ।

पहिला भिटौला जाँदा घरमै उपलब्ध चीजवस्तुहरु लिएर जाने चलन थियो तर पछिल्लो समयमा बजारका सामग्रीहरु किन्ने चलन पनि बढेको छ । भिटौलाका कारण चैत महिनामा बजारहरुमा पनि चहलपहल बढ्ने गरेको व्यापारीहरुले बताएका छन् । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.