Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलाको रौनक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ३, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलाको रौनक शुरु भएको छ । यो क्षेत्रका विभिन्न जिल्लाहरुमा चैतको महिना विवाहित छोरीबेटीहरुलाई माइतीले भेट्ने चलन रही आएको छ । विवाहित दीदीबहिनीहरुलाई दाजुभाईले कोसेलीसहित भेट्ने चलन रही आएको हो ।

माइती पक्षका तर्फबाट कोसेलीसहित दिदि बहिनीहरुको घरमा पुग्ने चलन रहेको दशरथचन्द नगरपालिका–२ की पार्वती बोहराले बताइन् । उनले भनिन् ‘ चैतको महिना हरेक बर्ष विवाहित छोरीबेटीहरुलाई भेट्ने चलन रही आएको छ । माइती पक्षले यो महिना भेटघाट गर्दा खुसी लाग्ने गरेको छ ।’

परापूर्वकालदेखि नै यो क्षेत्रमा चैतको महिना माइती पक्षले छोरी बहिनीहरुलाई भेटघाट गर्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । उनले भने ‘पहिला पहिला सञ्चारका साधनहरु पनि थिएनन्। सानै उमेरमा बिहे गरिदिने चलन थियो। माइती पक्षको छोरी बहिनीहरुलाई नियास्रो पनि लाग्ने गरेको थियो। त्यसैले माइती पक्षले कोसेलीसहित भेटघाट गर्ने चलन चलेको हो। यो चलन अहिले पनि छ ।’

चैतको महिनाको शुरुदेखि महिनाभरी विवाहित छोरीबैनीहरुलाई भेट्ने चलन रही आएको दशरथचन्द नगरपालिका १ का मञ्जु भट्टले जानकारी दिइन् । यो महिनाको भेटघाटले माइतीको नियास्रो मेटिने गरेको उनले बताइन् । माइती पक्षले मिठामिठा परिकार सहित छोरी बैनीहरुलाई भेट्ने चलन रही आएको छ ।

कोसेलीसहित माइतीहरु छोरीबैनी भेट्नका लागि पुग्ने गरेका छन् । हरेक बर्ष चैतको महिना छोरीबैनीहरुलाई भेट्ने चलन रही आएको दार्चुलाका स्थानीय गंगासागर जोशीले बताए । यो महिना छोरीबैनीहरुसंग भेटघाट गर्ने महिना भएकाले भिटौलाको रौनक शुरु भएको जोशीले बताए । उनले भने ‘भिटौलाले छोरीबैनीहरुसंग माइती पक्षको आत्मीयता अझै बढाउने गर्दछ । यसका साथै छोरीबैनीहरुको अवस्थाका बारेमा माइती पक्षलाई समेत थाहा हुने भएकाले यो निकै राम्रो चलन रहेको छ ।’

बैतडी, दार्चुला लगायतका जिल्लाहरुमा चैतको महिनामा माइती पक्षले छोरी बैनीहरुलाई भेट्ने चलन रही आएको र यसैलाई भिटौलो भन्ने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । पहाडबाट तराईमा बसाईसरेकाहरु पनि भिटौलो चलन मनाउँदै आएका छन् । चैतको महिना दीदीबहिनीहरुलाई नभेट्दा अपशकुन हुन्छ भन्ने मान्यता समेत रही आएको लेखकले बताए ।

पहिला भिटौला जाँदा घरमै उपलब्ध चीजवस्तुहरु लिएर जाने चलन थियो तर पछिल्लो समयमा बजारका सामग्रीहरु किन्ने चलन पनि बढेको छ । भिटौलाका कारण चैत महिनामा बजारहरुमा पनि चहलपहल बढ्ने गरेको व्यापारीहरुले बताएका छन् । सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व