सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा जीप र मोटरसाइकल ठोक्किँदा छ जना घाइते

डोटीमा जीप र मोटरसाइकल ठोक्किँदा ६ जना घाइते भएका छन् । दिपायलबाट सिलगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १२५९ नम्बरको जीप र सुदूरपश्चिम प्रदेश ०१–१०१० प ४७७४ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा परि घाइने हुनेमा दिपायल सिलगढी नगरपालिका–७ की २९ वर्षीया टङ्ककुमारी उपाध्याय, त्यही वडाकी ६५ वर्षीया धौलीदेवि विष्ट, २४ वर्षीया दुर्गादेवि विष्ट, उहाँको एक वर्षीय छोरा सिर्जन विष्ट रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिनुभयो ।

यसैगरी दिपायल सिलगढी नगरपालिका–६ का मोटरसाइकल चालक ३२ वर्षीय विष्णु बोहरा र बडीकेदार गाउँपालिका–१ वीपीनगरका ४९ वर्षीय कर्ण बम घाइते भएका छन् । घाइतेमध्ये २४ वर्षीया दुर्गादेवि विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्यको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। विमल बिष्टले उज्यालो अनलाइनमा लेखेका छन्।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds