सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाको शैल्यशिखरमा मृत चितुवा फेला

दार्चुलामा चितुवा मृत फेला परेको छ । जिल्लाको शैल्यशिखरमा चितुवा मृत फेला परेको हो । जिल्लाको शैल्यशिखर नगरपालिका–२ कालिपातली र थामुको सीमा छुट्टाउने घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थीले जानकारी दिए ।

पाँच फिट तीन इन्च लम्बाई र दुई फिट एक इन्च चौडाइ रहेको चितुवा सोमबार मृत अवस्थामा फेला परेको उनले बताए । मृत फेला परेको चितुवाको टाउकोमा गहिरो चोट लागेको देखिएको उनको भनाई छ ।

चितुवालाई प्रहरी, सव–डिभिजन वन कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीयको रोहबरमा गोकुलेश्वर अस्थायी प्रहरी पोष्ट नजिक गाडेको डिभिजन वन कार्यालय गोकुलेश्वरले जनाएको छ । सगुन खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.