सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सभ्य तरिकाले होली मनाउन प्रहरीको अनुरोध

भोलि परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो ।

इच्छा विपरीत रङ्ग वा लोला हाने कानुन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै इच्छा विपरीत रङ्ग लगाउने, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लागाएर उच्छृङ्खल गतिविधि नगर्न सवैमा आग्रह गरेको छ ।

Sana Kishan

कैसैले यस्ता उच्छृङ्खल कार्य गरे नजिकको प्रहरी कार्यालय अथवा १०० मा फोन गरेर जानकारी गराउन भनिएको छ । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको हो ।

World Link Ads
Mahakali Polytechnic

पछिल्ला केही वर्षदेखि होली पर्व संयमित तरिकाले मनाउने गरेको पाइन्छ । तर, पनि सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गर्न लागेको हो । होली पहाडी जिल्लामा भोलि र तराईमा पर्सि मनाइँदैछ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.