सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पुर्चौंडीमा असिनाले बालीनालीमा क्षति

लामो समयदेखि खडेरी परेको बैतडीमा सोमबार साँझ परेको असिनापानीले बालीनालीमा व्यापक क्षति पुर्याएको छ । जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा असिनापानीले बालीनालीमा क्षति पुर्याएको स्थानीय विरेन्द्र कुँवरले बताए ।

साँझ एकघण्टा जति परेको असिनाले गहुँबाली, तरकारीखेती र फलफूल खेतीमा क्षति पुर्याएको उनले बताए । लामो समयसम्म खडेरीका कारण खासै हुर्कन नपाएको बालीनाली असिनाले सखाप पारेको उनले बताए । उनले भने ‘पुर्चौंडीका सबै वडामा असिनाले बालीनालीमा क्षति पुर्याएको छ । एकघण्टा जति परेको असिनाले तरकारी र फलफूलमा समेत क्षति पुर्याएको छ ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यो हिउँदमा हिउँदे बर्षा नहुँदा बालीनाली हुर्कनै नपाएको र केही भएको बालीनालीमा पनि असिनाले सखाप पारेको अर्का स्थानीय धनबहादुर साउँदले बताए । असिनाले बारीमा भएका सबै तरकारी समेत नष्ट गरेको उनले बताए ।

Dirghayu Ads

खडेरीका कारण भोकमरी सामना गर्नुपर्ने अवस्था आएका बेला असिनाले झन् क्षति पुर्याएपछि किसानहरु चिन्तित भएका छन् । यो बर्ष खाद्यान्नको भाउ समेत आकाशिएकाले गरिब परिवारलाई भोकमरी टार्न निकै समस्या भइरहेको साउँदले बताए । उनले भने ‘यो भन्दा पहिला खडेरीका कारण केही उत्पादन भएन् । अलिअलि भएको पनि असिनाले सखाप पारेपछि समस्या भएको छ ।’

करीब साढेचार महिनापछि बैतडीमा पानीसहित असिना परेको छ । गएको असोज अन्तिम सातादेखि पानी परेको छैन् । यो बर्ष हिउँदे बर्षा नहुँदा कृषि क्षेत्रमा निकै ठूलो प्रभाव परेको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.