सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अधिकारकर्मी भाट मानव अधिकार एलायन्स सुप प्रदेशको अध्यक्षमा चयन

कञ्चनपुर । अधिकारकर्मि कोमल निरन्जन भाट राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार (एलायन्स) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा सर्वसम्मत चयन भएका छन ।

Sana Kishan

शनिबार धनगढीमा सम्पन्न भएको मानव अधिकार एलायन्सको प्रथम प्रदेश अधिवेशनले भाटको अध्यक्षतामा ११ सदस्यीय प्रदेश नयाँ समिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा टेकबहादुर खड्का र उपाध्यक्ष (समावेशी) मा दुर्गाकुमारी नेपाली, सचिवमा राकेश दयाल, उपसचिवमा शंकर चदारा, उपसचिव (समावेशी) मा जयराम विश्वकर्मा र कोषाध्यक्षमा दीर्घराज ओझा सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष भाटले जानकारी बताए । भाटका अनुसार एलायन्सको प्रदेश समिति सदस्यमा पदम सुनार, जानकी साउद, गणेशप्रसाद जोशी र प्रमिला चौधरी चयन भएका छन ।

बाँकी दुई जना सदस्यलाई भने प्रदेश कमिटिले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष भाटले बताए । अध्यक्ष भाटले सुदूरपश्चिमको मानव अधिकारका लागि पैरवी गर्ने प्रतिबद्धता जाहेर गरेका छन । कञ्चनपुरका स्थानीय बासिन्दा समेत रहेका भाट विगत डेढ दशकदेखि मानव अधिकार क्षेत्रमा कार्यरत छन । मानव अधिकार एलायन्सका केन्द्रीय इन्चार्ज पार्वत गुरुङको प्रमुख आथित्यता सहित मानव अधिकारकर्मीको उपस्थितीमा प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको थियो । जनसरोकार पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.