बैतडीको शिबनाथ गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । यहि फागुन १२ गते देखि गाउँपालिकाको वडा नं ६ मा निशुल्क आँखा चेकजाँच शिविर सञ्चालन हुने भएको हो ।
शिबनाथ स्वास्थ्य चौकि हिरापुरमा आँखा शिविर लाग्ने वडा अध्यक्ष भरत राम पार्किले जानकारी दिए । आखाँ सम्बन्धि समस्या भएका नागरिकहरुलाई उपचारका लागि सहज होस भनेर शिबिरको आयोजना गरिएको उनले बताए ।
चेक जाँचकै लागि टाढाटाढा जानु पर्ने वडाबासीको माध्यतालाई मध्यनजर गरेर नागरिकले सेवा पाउन भनेर शिविरको आयोजना गरिएको उनले बताए । शिबिरबाट डाक्टरहरुले अपरेशनको लागि सिफारिस गरेकाहरुलाई उपचारका लागि डडेल्धुरा पठाइने वडा अध्यक्ष पार्कीले बताए ।
वडाको आयोजना तथा आँखा उपचार केन्द्र पाटनको प्राविधिक सहयोगमा आँखा सम्बन्धि चेकजाँच सेवा प्रदान हुने भएकाले समस्या भएका बिरामिहरुलाई सेवा लिन आग्रह गरिएको छ । शिविरमा चेकजाँच तथा परार्मश सेवा प्रदान गरिने बताइएको छ । सगुन खबर बाट सभार