सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको वनारसी धाममा ज्योतिर्लिङ्ग स्थापना गरियो

बैतडीको पाटन नगरपालिका –३स्थित प्रसिद्ध वनारसी धाम (विश्वनाथ)मा विधिपूर्वक ज्योतिर्लिङ्ग स्थापना गरिएको छ । बिहीबार वनारसी धाममा पुर्याएको ज्योतिर्लिङ्गको विधि विधानपूर्वक पूजाआजा गरेर आज महाशिवरात्रीको अवसरमा स्थापना गरिएको वनारसी धाम (विश्वनाथ) सेवा समाजका सल्लाहकार मानबहादुर चन्दले जानकारी दिए ।

जगदगुरु बालसन्त मोहनशरण देवाचार्यले वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको बताएपछि सो ठाउँमा मन्दिर निर्माण गरिएको थियो । मन्दिर निर्माण भएपछि ज्योतिर्लिङ्ग स्थापना गरिएको चन्दले बताए ।

पौराणिक सरयु (सुर्नया) नदीको किनारमा विश्वनाथ धाम रहेको पुराणमा समेत उल्लेख गरिएकाले वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको जगद्गुरुले बताएका छन् ।

तीनदिन विधिविधानपूर्वक पूजाआजा गरेर वनारसी धाममा ज्योतिर्लिङ्ग स्थापना गरिएको मन्दिर निर्माण समितिका संयोजक गणेशदत्त पन्तले बताए ।

Mahakali Polytechnic

वनारसी धाममा दर्शनका लागि हजारौं दर्शनार्थीहरु पुग्ने गरेका छन् । वनारसी धाम सम्म जान सडक समेत पुगिसकेकाले धार्मिक पर्यटक र दर्शनार्थीहरुको संख्या बढ्ने विश्वास गरिएको छ ।

World Link Ads

स्थानीयहरुको चन्दा, प्रदेश र स्थानीय सरकारको सहयोगमा वनारसी धाममा मन्दिर निर्माण कार्य सम्पन्न भएको बताइएको छ । यो संगै बैतडीमा भगवान शिवका १२ ज्योतिर्लिङ्ग मध्ये ३ ओटा रहेका जगदगुरुको भनाइ रहेको छ ।

Sana Kishan

रौलाकेदारमा केदारनाथ ज्योतिर्लिङ्ग, पाटनको चौखुँडामा रामेश्वर ज्योतिर्लिङ्ग र वनारसीमा विश्वनाथ ज्योतिर्लिङ्ग रहेको बताइएको छ । सगुन खबर बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds