कञ्चनपुरको बेदकोट नगरपलिका वडा नम्बर ०७ सुडा स्थित रहेको घटाल माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। बेदकोटका नगरपालिका प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन पाण्डेयको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा बेदकोट नगरपालिका उप प्रमुख तुलशी जोशी, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवम पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बोहरा, पूर्व अध्यक्ष गणेश नेपालीको विशिष्ट आतिथ्य रहेको थियो।

बेदकोट नगरालिका वडा नम्बर ७ का अध्यक्ष थानेस्वर भट्ट, नेपाल रेडक्रस उपशाखा सुडाका अध्यक्ष शंकर दत्त जोशी, पिटिए अध्यक्ष एवम् कार्यपालिका सदस्य पवन नेपाली अतिथि रहेको उक्त कार्यक्रम घटाल मावि सुडाको प्राङ्गणमा मंगलबार भव्यताका साथ सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक कृष्ण दत्त पन्तले बताए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण दत्त पन्तले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका हुन्। कार्यक्रममा शिक्षक, राजनीतिज्ञ, विद्यार्थी, अभिभावकको भब्य उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक पन्तले बताए। उक्त कार्यक्रममा चर्चित गजलकार अमृत नाथले समेत आफ्नो प्रस्तुति राखेर दर्शकहरूको मनोरञ्जन समेत गरेको उनले बताए। कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन पाण्डेयले विद्यालयको स्तर उन्नतिका काममा सधैं तत्पर रहने प्रतिबद्धता समेत गरेका छन्। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ। उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सह प्रधानध्याक गोविन्द चाटौतले गरेका हुन्।














Discussion about this post