Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नराम्रो कुरा सुन्न किन बढी उत्सुक हुन्छन् मान्छे ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २८, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

एउटा घतलाग्दो प्रसंग छ । एक शिक्षकले हातमा सेतो सादा कागज लिएर कक्षामा प्रवेश गरे । अनि सो कागजको माझमा सानो थोप्लो बनाए । विद्यार्थीहरु उत्सुक भएर हेरिरहेका थिए । शिक्षकले उनीहरुलाई नै सोधे, ‘यहाँ तिमीहरुले के देख्यौं ?’

विद्यार्थीहरु एकै स्वरमा कराए, ‘कालो थोप्लो ।’

 

तब शिक्षकले शान्त भावमा भने, ‘हो तिमीहरुले यो सेतो कागज देखेनौं, जसको हिस्सा ठूलो थियो । फगत त्यसमा लागेको सानो दाग वा थोप्लो मात्र देख्यौं ।’ शिक्षक यतिमै रोकिएनन् । उनी भन्दै गए, ‘हामी केवल नराम्रो कुरामा मात्र ध्यान दिइरहेका हुन्छौं । कति राम्रो कुराहरु हामी देख्दैनौं । तर सानो खराब कुरा छ भने त्यो छर्लङ्ग देख्छौं ।’

मनोचिकित्सक डा. सुमनप्रसाद अधिकारी भन्छन्, ‘यो मान्छेको आम प्रवृत्ति हो । हामीलाई नराम्रो वा खराब कुरा सुन्न बढी उत्सुकता जाग्छ । तर राम्रो कुरामा हामीलाई त्यस्तो रुचि जाग्दैन ।’ उनी यो कुरालाई बुझाउन यसरी उदाहरण दिन्छन् ।

कुनै ठूलो भवन भत्कियो भने रमिता हेर्ने मान्छेको घुँइचो लाग्छ । तर भवन बन्दैछ भने त्यहाँ मान्छेले हेर्दा पनि हेर्दैन । कोही मृत्यु भएको छ भने मान्छेले उसको बारेमा चासोपूर्वक सोधीखोजी गर्छ । तर शिशु जन्मिएको कुरामा मान्छेलाई कुनै उत्सुकता जाग्दैन ।

‘यसबाट पनि बुझ्न सकिन्छ कि नराम्रोे कुरा, भत्किएको कुरा, विध्वंसको कुरामा हाम्रो कान ठाडो हुन्छ,’ मनोचिकित्सक डा. अधिकारी भन्छन्, ‘यो आम मनोवृत्ति नै हो ।’

हाम्रो यस्तो मनोविज्ञानलाई धेरै कुराले प्रभाव पार्ने र विशेषगरी पूर्वाग्रहले यसमा प्रमुख भूमिका निर्वाह गरेको हुने मनोविद् डा. नरेन्द्र सिंह ठगुन्ना बताउँछन् । यसलाई उनी यसरी तीन चरणमा व्याख्या गर्छन् ।

नकारात्मक पूर्वाग्रह

नराम्रो खबर र नराम्रो कुरामा छिटो चासो दिनुमा हामीमा भएको ‘नकारात्मक पूर्वाग्रहले’ काम गरिरहेको हुन्छ । जसले गर्दा नकारात्मक घटना, जानकारी तथा भावनाहरूमा हामीले सकारात्मक कुराको भन्दा बढी चासो दिने गरेको ठगुन्ना बताउँछन् ।

पूर्वाग्रहकै कारणले गर्दा नकारात्मक खबर सुन्न पढ्नबाट हामीले आफूलाई नियन्त्रण गर्न सकिरहेका हुँदैनांै ।

उपलब्धता पूर्वाग्रह

हामीसँग पहिलेदेखि नै उपलब्ध भएको नकारात्मक कुरालाई हाम्रो दिमागले बढी महत्त्व दिइरहेको हुन्छ । हाम्रो परिवार समाजमा नकारात्मक कुराहरू बढी भइरहेको छ भने त्यो हामीले दैनिकजसो देख्छौं, सुन्छौं । यो हामीसँग भएको ‘उपलब्धता पूर्वाग्रह’ हो । जसले गर्दा हामीलाई लाग्छ सबैतिर नकारात्मक कुराहरू मात्र छ र हामीले त्यो नकारात्मक कुरामा बढी चासो दिन थाल्ने मनोविद् ठगुन्ना बताउँछन् ।

पुष्टीकरण पूर्वाग्रह

‘पुष्टीकरण पूर्वाग्रह’का कारण पनि हामी नकारात्मक कुरामा बढी उत्सुक भइरहेका हुन्छौं । पुष्टीकरण पूर्वाग्रह भनेको नकारात्मकतालाई समर्थन गर्ने प्रमाण फेला पार्न प्रयास गर्ने हो । ठगुन्ना भन्छन्, ‘मानौं हामीले पहिलेदेखि केही नकारात्मक कुरा सोचिरहेका छौं भने त्यसलाई पुष्टि गर्ने कुरा खोजिरहेका हुन्छौं ।’

नेपालमा राजनीतिक दलहरूले देशको विकास गर्दैनन् भन्ने एउटा धारण पहिलेदेखि नै हाम्रो मनमा छ । अब त्यसलाई पुष्टि गर्ने खालका जानकारी छ कि छैन भनेर हामीले खोजी रहेका हुन्छौं र पायौं भने प्रमाणित भएको अनुभूति गर्ने ठगुन्ना बताउँछन् ।

‘विभिन्न अध्ययनअनुसार मानिसहरू सकारात्मकभन्दा नकारात्मक कुरामा ३० प्रतिशत बढी चासो दिन्छन्,’ ठगुन्ना बताउँछन् ।

कस्तो मान्छेमा यस्तो मनोविज्ञान बढी हुन्छ ?

जो व्यक्ति आफूमा सन्तुष्ट छैन र केही गर्न सकिएन भन्ने सोच राख्छ, त्यस्तो व्यक्तिले नकारात्मक कुरामा बढी चासो राख्ने मनोचिकित्सक अधिकारी बताउँछन् । ‘अरूको दुःख पीडामा खुसी हुने त्यसमा रमाइलो मान्ने व्यक्तिहरू पनि नकारात्मक कुरामा बढी उत्सुक हुन्छन्,’ उनी भन्छन् ।

नकारात्मक मनोवृत्ति भएका व्यक्तिहरू हरेक कुरामा नकारात्मक कुरा खोजिरहेका हुन्छन् । भित्रबाट आत्तिएको कमजोर महसुस गर्ने व्यक्तिले पनि नकारात्मक कुरा हेरेर मनोवैज्ञानिक राहत पाइरहेको हुने मनोविद् ठगुन्ना बताउँछन् ।

‘समाजमा छिमेकी वा चिनेजानेका आफन्त, साथीभाइ बढी नकारात्मक कुरामा चासो राख्छन् भने त्यहाँ सकारात्मक सोच राख्ने व्यक्ति पनि त्यही नकारात्मक कुरा हेर्न थाल्छ,’ उनी भन्छन्, ‘सकारात्मक सोच राख्ने व्यक्तिले पनि मैले मात्र राम्रो सोच राखेर केही हुँदैन रहेछ भनेर उ पनि नकारात्मक कुराप्रति आकर्षित हुन थाल्छ ।’

ठगुन्नाका अनुसार जो व्यक्तिलाई आफ्नो क्षमतामा विश्वास छैन वा आत्मसम्मान कमजोर भएका व्यक्ति पनि नकारात्मक कुरामा बढी उत्सुक हुन्छन् ।

सुझाव ग्रहणशीलता बढी भएको व्यक्तिमा पनि नकारात्मक कुरामा बढी चासो हुन्छ । सानो सानो कुरामा आत्तिने, डराउने र संवेगात्मक रूपमा अपरिपक्व मानिसमा नकारात्मक कुरामा बढी चासो हुने ठगुन्ना बताउँछन् ।

नराम्रो कुरा सुन्दा शारीरिक परिवर्तन पनि

नराम्रो कुरा सुन्दा मान्छेको मस्तिष्कसँगै शरीर पनि सक्रिय भइरहेको हुन्छ । नराम्रो कुरा सुन्दा पढ्दा हेर्दा शरीरमा विभिन्न हार्मोनल परिवर्तन पनि हुने ठगुन्ना बताउँछन् ।

अधिकारी भन्छन्, ‘केही व्यक्ति नकारात्मक कुरा सुन्दा त्यसलाई आफ्नो जीवनसँग तुलना गर्ने खाले हुन्छन् । जसले गर्दा उनीहरू नकारात्मक कुरा बढी हेर्ने र त्यसले गर्दा नै डराउने आत्तिने समस्या देखा पर्छ ।’

नराम्रो कुराबाट बच्ने तीन उपाय

– नराम्रो खबर वा नराम्रो सामग्री स्रोत कम हेर्न थालियो भने नकारात्मक सोच र नकारात्मक कुराबाट बच्न सकिने ठगुन्ना बताउँछन् । ‘नराम्रो कुरा हेर्नुभन्दा पहिले मलाई यसले के फाइदा हुन्छ वा अरूलाई के फाइदा हुन्छ, यसलाई कुन हदसम्म लिने ? यसबारे भने हामीले सोच्नैपर्छ,’ उनी भन्छन्, ‘यसबारे सोचियो भने पनि नकारात्मक कुराबाट बचिन्छ ।’

– ‘पूर्वाग्रही व्यवहारलाई कुन कुराले प्रोत्साहन गरिरहेको छ भन्ने कुरा पत्ता लगाएर त्यसको विकल्प के छ भनेर सोच्दा पनि नकारात्मक कुरामा उत्सुक भइँदैन,’ ठगुन्ना भन्छन् ।

– नकारात्मक कुराबाट बच्न सामाजिक सञ्जालको प्रयोग कम गर्नुका साथै योग ध्यान गरेर पनि सकारात्मक ऊर्जा बढाउन सकिने मनोचिकित्सक अधिकारी सुझाउँछन् ।

(onlinekhabar.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

भदौ १३, २०८३
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

भदौ १३, २०८३
भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भदौ १३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व