Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेन्द्रनगर खुला मञ्चमा हुने पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २६, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : आउँदो साता सोमबार(फागुन १ गतेदेखि) कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा हुने औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा खुुला मञ्चमा संचालन हुने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । ‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले १४ औँ संस्करण महोत्सव संचालन गर्न लागेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य तथा महोत्सव मुल आयोजक सचिवालय सदस्य तेज बहादुर चन्दले यस पटक फरकशैलीमा महोत्सव संचालन हुने बताए । ‘दुई बर्षपछि हुन लागेको महोत्सवमा यस बर्ष केही पृथक बनाउने योजनामा छौँ, ‘उनले भने, ‘सबैतिर तयारी अन्तिम चरणमा पुगेको छ ।

वाणिज्य उपाध्यक्ष धर्मसिह रावलले महोत्सवमा यस पटक सेल्फी प्वाईन्ट सहितको विवित सेवा सुविधा रहेको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव तथा प्रचार प्रसार समिति संयोजक खगेश्वर बोहराले तयारी अन्तिम चरणमा पुगेको बताए । महोत्सव संचालन हुने खुलामञ्च व्यवस्थापन, स्टल, बाल उद्यान, गेट, खाद्य स्टल, सरसफाईदेखि सम्पूर्ण तयारी अघि बढेको छ । महासचिव बोहराका अनुसार महोत्सवको तयारीका लागि वाणिज्य संघका पुर्व अध्यक्ष, पदाधिकारी, निर्वतमान कार्य समितिका पदाधिकारी सहित खटिएका छन । वाणिज्य संघले ०५७ सालदेखि मेला संचालन गर्दै आएको छ । कोरोना महामारीका कारण लगातार दुर्ई बर्ष हुन नसकेको मेला यस पटक ०७९ सालमा हुन लागेको छ । मेलाको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) कञ्चनपुर आउने भएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश मल्लले यस पटक एयरका्रप्ट सहितको स्टल राखिने बताए ।

उनका अनुसार स्टल समेत ७०प्रतिशत बुकिङ्ग भईसकेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले महोत्सव विगत भन्दा केही फरक पुरस्कृत बनाईने बताए । ‘हामीले सुदूरपश्चिमको लोक संस्कृति झल्किने गरि देउडा प्रतियोगिता समेत सचालन गछौँ, ‘उनले भने, ‘महोत्सव आर्थिक, समाजिक एव साँस्कृतिक केन्द्रीत हुनेछ । अध्यक्ष जोशीले यसअघि देखि गर्दै आएका यस क्षेत्रका विकासका योजनालाई समेत अघि बढाउने भूमिका निर्वाह गर्दै आएको र यस पटकको मेलाले थप काम गर्ने बताए । उनका अनुसार मेलाको प्रति टिकटबाट एक रुपैयाका छुट्टाएर समाजिक काम गर्ने बताए । ‘महोत्सवबाट यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रर्बद्धन हुने हामीले अपेक्षा राखेका छन, ‘उनले भने, ‘विगत भन्दा यस पटक केही मेला थप पुरस्कृत हुनेछ ।’ लगातार दुई बर्ष मेला संचालन हुन नपाएपछि भारतीय उत्तराखण्डबाट समेत दर्शनार्थी मेलामा आउनेछन ।

महोत्सव अलोकनका लागि साधारण तर्फ ८० र विद्यार्थी सहुलियत ४० रुपैया तोकिएको बताए । महासचिव खगेश्वर बोहराले मेलाको मुख्य प्रयोजक प्रभु बैंक लिमिटेड, प्रयोजकमा गोर्खा ब्रअरी, निको ईन्सोरेन्स कम्पनी लिमिटेड र प्रर्बद्धकमा सनराई बैक, डिसहोम रहेका छन । महोत्सव १०फागुनसम्म संचालन हुने र दर्शकको चाप,मागका आधारमा बढाउन सक्ने आयोजकले जनाएको छ । आर्थिक गतिबिधी बृद्धि गराउने, स्थानीय बस्तु तथा सेवा, पर्यटन, कलाको प्रर्बद्धन गर्ने उदेश्यले मेला संचालन गर्न लागिएको अध्यक्ष जोशीले बताए । महोत्सवमा लघु उद्यम, अटो प्रर्दशनी, कृषि गारमेन्ट,बाल उद्यान सहित सुदूरपश्चिमको झल्किने लोकसंस्कृति प्रस्तुत गरिनेछ । स्थानीय तथा राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम संचालन गरिनेछन । महोत्सवमा विभिन्न कला, संस्कृति, उद्यम व्यवसायी प्रकृतिका २ सय हाराहारीमा स्टल हुने छन । ईसुदूर दर्पणबाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व