सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साना किसान कृषि सहकारी संस्था सुडाको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रकाश भट्ट

कञ्चनपुर – साना किसान कृषि सहकारी संस्था लिमिटेड सुडाको २५ औँ वार्षिक साधारण सभा, रजत जयन्ती तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बिरेन्द्र बहादुर साहको सभापतित्व तथा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

शुक्रवार नेपाल केन्द्रिय कृषि सहकारी संघका केन्द्रिय सदस्य धर्म सिह कुवर त था कृषि विकास बैंक महेन्द्रनगरका शाखाका प्रबन्धक जगदीश पन्तको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष बिरेन्द्र बहादुर साहले जानकारी दिएका छन्। उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुडा उपशाखाका सभापति शंकर दत्त जोशी, वेदकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तुलसी राना, वडा नम्बर ७ का अध्यक्ष थानेश्वर भट्ट,वडा नम्बर ८ का अध्यक्ष महेश राज जोशी,वडा नम्बर ९ का अध्यक्ष जनक बिष्ट , वडा नम्बर १० का अध्यक्ष रतन सिह बिष्ट लगायत संस्थामा कार्यरत कर्मचारी, पुर्व जनप्रतिनिधि तथा शेयर सदस्य सदस्यहरूको भव्य उपस्थिति रहेको थियो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

 

Dirghayu Ads

 

 

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.