सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा एकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका ९ दैजीका २७ वर्षीय सुकराम रानाको बेलौरी स्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Sana Kishan

चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टर आइतवार बेलुकी साढे ७ बजे आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले बताएको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.