सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल रेडक्रस सोसाइटी सुडा उप-शाखाको सभापतिमा जोशी निर्वाचित

प्रकाश भट्ट

कञ्चनपुर – नेपाल रेडक्रस सोसाइटी सुडा उपशाखामा ११ सदस्यीय समिति चयन भएको छ । शंकर दत्त जोशीको सभापतित्वमा शनिबार ११ सदस्यीय समिति चयन भएको हो। समितिमिको उपसभापतिमा पुर्णकला पौडेल तथा सचीवमा प्रेमराज अर्याल चयन भएका छन्। समितिको कोषाध्यक्षमा टीका राम बोहरा र सह-कोषाध्यक्षमा सरस्वती गिरिलाई चयन गरिएको छ भने सह-सचीवमा टेक बहादुर चन्दलाई चयन गरिएको सुडा स्वास्थ्य उपशाखाका सचिव प्रेम अर्यालले जानकारी दिएका छन्। उक्त समितिमा तुलसी देवी पाण्डेय , तिर्थराज पाण्डेय, लोकेन्द्र सिह धामी , जयधन धामी ,चेतराज भट्ट सदस्यहरू रहेको समेत उनले बताए।

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.