सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल रेडक्रस सोसाइटी सुडा उपशाखाको ५ औं अधिबेशन सुरु

प्रकाश भट्ट

38
Sana Kishan

कञ्चनपुर – वेदकोट नगरपालिकाको साबिकको सुडा गाविस अन्तर्गत रहेको नेपाल रेडक्रस सोसाइटी सुडा उपशाखाको २० औं उपशाखा तथा ५ औं अधिवेशन वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा सुरु भएको छ ।

शनिवार भइरहेको उक्त कार्यक्रम उपशाखा सुडाका सभापति भरत रोकायाको अध्यक्षतामा तथा नेपाल रेडक्रस सोसाइटी प्रदेश समिति सदस्य मन्जु दहालको विशिष्ट आतिथ्यमा हुन् लागेको हो। नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका उपसभापति जनक राज जोशी अतिथि रहेको उक्त कार्यक्रमको सञ्चालन सुडा उपशाखाका सचिव प्रेम राज अर्यालले गरेका छन्।

Arus
Karnali Traders

यसै अधिवेशन बाट नयाँ कार्यसमिति समेत चयन हुने सुडा उपशाखाका सचिव अर्यालले जानकारी दिएका छन्। कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तुलसी राना, वडा नम्बर ७ का अध्यक्ष थानेश्वर भट्ट,वडा नम्बर ८ का अध्यक्ष महेश राज जोशी,वडा नम्बर ९ का अध्यक्ष जनक बिष्ट , वडा नम्बर १० का अध्यक्ष रतन सिह बिष्ट तथा उपशाखा सुडाका संस्थापक सभापति नारायण गिरि लगायत उपशाखा सुडाका आजीवन सदस्यहरूको भव्य उपस्थिति रहेको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.