सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राधिका देवी परोपकार संस्थाद्धारा बेलडाँडी विद्यारत्न पुरस्कार वितरण

39
Sana Kishan

राधिका देवी परोपकार संस्थाले बेलडाँडीमा सर्वोउत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

बेलडाँडी गाउँपालिकाको रौलेश्वर जनता बहुमुखी क्याम्पसको प्राङ्गणमा विहिवार एक कार्यक्रमको आयोजना गर्दै स्थानीय तह स्तरिय परिक्षा २०७८ कक्षा ८ मा बेलडाँडी गाउँपालिकामा सर्वोउत्कृष्ट नतिजा ल्याउने विद्यार्थी शुवास बुढालाई पुरस्कृत तथा सम्मान गरिएको परोकारी संस्थाका गोकर्ण जोशी(निश्चल) ले जानकारी गराउनु भयो । उहाँका अनुसार शिक्षा क्षेत्रको विकासका लागि यस्तो कार्यक्रमले विद्यार्थी भाईबहिनीहरुमा सकारात्मक प्रेणा मिल्ने भएकोले हौसला प्रदान गरिएको बताए ।

Arus

सम्मानित हुने बुढाले पालिका भरी सबै भन्दा उत्कृष्ट नतिजा ४जीपीए ल्याएका थिए । उनी बेलडाँडी गाउँपालिका वडा नं.४ बस्ने गणेश माध्यमिक विद्यालयका शिक्षक बम बहादुर बुढा र बैजनाथ माध्यमिक विद्यालयकी शिक्षिका शत्या देवी रोकाया बुढाका सन्तान हुन ।

Karnali Traders

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले यस कार्यक्रमको महत्व धेरै भएको बताउदै यस्ता कार्यक्रमले अन्य आम विद्यार्थीहरुलाई सकारात्कम प्रेणा समेत मिल्ने बताए । यस पालिकामा विभिन्न संस्था दर्ता भएको जनाउदै अधिकांस संस्था मुनाफामुखी काम गर्नेदेखिएकोले चिन्ता व्यक्त गर्नु भयो । उहाँले भने शिक्षा समाजको मेरुदण्ड भएको बताउदै शिक्षामा पालिकाले १ करोड १५लाख सिधै लगानी गरेको र वडाहरुको मिलाउने हो भने झण्डै २ करोड बराबर शिक्षा क्षेत्रमा प्रत्येक बर्ष लगानी हुने गरेको जनाए ।

 

स्थानीय शिक्षा ऐन तयारीका लागि प्रकृयामा गएको जनाउदै त्यसले शिक्षा क्षेत्रमा फाइदा पुगाउने बताए । पालिका भित्रका उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने र लुज विद्यालयलाई के गर्ने भन्ने विषयमा छलफल भईरहेको बताउदै सबै मिलेर शिक्षा क्षेत्रमा आमुलपरिवर्तन ल्याउन पालिका हातेमालो गर्नका लागि तयार रहेको जनाए ।

यस्तै कार्यक्रमका सभापति राधिका देवी जोशीले भने आफुले खाने भात बाट एकमुठ्ठी चामल बचाएर यस्तो कार्यक्रम आयोजना गरेको बताए । शिक्षा न चोरले चोर्न सक्ने न अंश लाग्ने भएको हुदा सबै शिक्षित बनुन भन्ने आफ्नो चाहना रहेको जनाए । शिक्षालाई फोकस गर्नुपर्ने आफ्नो चाहना रहेकोले यस्ता कार्यक्रम गरिरहने बताए ।

सम्मान तथा पुरस्कार कार्यक्रका प्रमुख अतिथि बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना रहेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाकी संस्थापक अध्यक्ष राधिका देवी जोशीले गर्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि पालिका उपाध्यक्ष शान्ती नाथ, वडा नं.१ का अध्यक्ष तथा बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्ट, वडा नं.२ का अध्यक्ष नारद सिंह उर्याल, बेलडाँडी खेलकुद समितिका अध्यक्ष नारायण सिंह ठगुन्ना, कार्यपालिका सदस्यहरु, समाजसेवी हर्कदेव जोशी, क्याम्पस प्रमुख तथा विभिन्न विद्यालयका प्रतिनिधी समाजका अगुवाहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गोकर्ण जोशी निश्चलले गर्नु भएको थियो। पश्चिम समाचार बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.