सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अखिल क्रान्तिकारी कञ्चनपुरको संयोजकमा भट्ट र सह संयोजकमा धामी चयन

47
Sana Kishan

कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको संयोजकमा सुरेश भट्ट र सह संयोजकमा दल बहादुर धामी(अबिरल) चयन भएका छन । अखिल क्रान्तिकारी केन्द्रीय कमिटिले जिल्ला संयोजकमा भट्ट र सह संयोजकमा धामीलाई चयन गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका नेताद्वय भट्ट र धामी झण्डै डेढ दशकदेखि विद्यार्थीको हकहितका लागि क्रान्तिकारी संगठनमा आबद्ध छन । दुवै नेता अखिल क्रान्तिकारी इकाई कमिटिदेखि जिल्लाको नेतृत्व र उपनेतृत्वमा पुगेका हुन । उनीहरुले संगठनले दिएको जिम्मेबारी अनुरुप अघि बढ्ने प्रण गरेका छन ।

Arus

अखिल क्रान्तिकारी कञ्चनपुरको संयोजकको जिम्मेबारी पाएका सुरेश भट्टले संगठनले दिएको जिम्मेबारी अनुरुप अघि बढ्ने बताए । ‘मलाई जसरी संगठनले विश्वास गरेको छ,त्यसले नै जिल्लामा सगठनको मर्म भावना अनुरुप आम विद्यार्थीको हकहितका लागि काम गर्छु, ‘उनले भने, ‘हामीले जसरी पहिल्यैदेखि आम विद्यार्थीको हकहितका लागि काम गरेका थियौँ, त्यसरी नै अहिले पनि गर्छु ।’

Karnali Traders

अखिल क्रान्तिकारी कञ्चनपुरको सह संयोकको जिम्मेबारी पाएका दल बहादुर धामी(अबिरल)ले पनि संगठनले दिएको जिम्मेबारी अनुरुप युद्धस्तरमा विद्यार्थीका थुप्रै समस्या उठान गर्ने बताए ।

‘शैक्षिक क्षेत्रमा थुप्रै समस्या छन, ‘उनले भने, ‘सकेजती उठान गरेर विद्यार्थीको हकहितमा काम गर्छु ।’ संयोजक भट्ट र सह संयोजक धामीले जिल्लाभरी शैक्षिक क्षेत्रमा विद्यमान विकृती बिरुद्धमा संघर्ष गर्दै गुणस्तरिय शिक्षाका पक्षमा वकालत गर्दै आम विद्यार्थीलाई शैक्षिक हक अधिकार दिलाउने प्रण गरेका छन ।

(hamrokalapanikhabar.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.