सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोदावरीमा ट्याक्टर दुर्घटनामा परी घाइते भएका १ जनाको ज्यान गयो

कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा घाइते भएका १ जनाको ज्यान गएको छ । शुक्रबार बिहान गोदावरी नगरपालिका – १२ रातापानी सामुदायिक वनमा ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सहचालक पुनर्वास नगरपालिका – १० का ४० वर्षीय मनीराम चौधरीको ज्यान गएको हो ।

Sana Kishan

शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरको इन्जनमुनी च्यापिएका चौधरीको उद्धारकै क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र पाण्डेले बताए ।

उक्त दुर्घटनामा घाइते भएका ट्याक्टर चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु रानाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.