सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी लगायत सुदूरपश्चिमको पहाडी जिल्लामा ‘नरहरी’ पर्वको रौनक

बैतडी– बैतडी सहित सुदूरपहाडमा नरहरी पर्वको रौनक छाएको छ । मकर सक्रान्तिलाई सुदूरपश्चिमका पहाडी क्षेत्रमा नरहरी सक्रान्तिको रुपमा मनाउने चलन रहीआएकोले अहिले रौनक छाएको हो ।

नरहरी पर्वमा पौष मसान्तको राती मिठोमसिनो खाने चलन रही आएको छ भने माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन रही आएको छ । माघे सक्रान्तिमा कागलाई मिठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मीक मान्यता रहीआएको स्थानीय संस्कृतिका जानकार खेम राज भट्टले बताए । माघ महिनालाई धार्मीक महिना मान्ने प्रचलन रहेको पनि उनले बताए ।

बैतडी सहित सुदूरपहाडमा नरहरी पर्वको समयमा चामलको रोटी (माडा), झुनमुने तरुल लगायतका परिकार बनाएर खाने चलन छ । ती परिकारहरु माघे सक्रान्तिको बिहानै कागलाई समेत दिने चलन रही आएको छ । मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिएको स्थानीय प्रविन धामीले बताए ।

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

माघे सक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का, मेरो रोटी खा’ भनेर बालबालिकाहरुले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ । कागलाई खबर आदानप्रदान गर्ने पंक्षिको रुपमा चिनिन्छ । यसलाई यमराजको सन्देश वाहकका रुपमा पनि पूजा गरिन्छ ।

Dirghayu Ads

नरहरीका लागि वन तरुल खन्ने कार्यमा स्थानीयहरु व्यस्त रहेका छन् ।पौष मसान्तमा तरुल खन्न जाने र राति पकाएर सबै एकै ठाउँमा बसेर खाने चलन रहिआएको छ । आज राती र भोली दिउँसो तरुल सहित मिठो मसिनो खाने चलन रही आएको स्थानीय तर्क राज भट्टले बताए । भोलीदेखि नै माघस्नान गर्ने चलन समेत रहीआएको छ ।

माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौदेखि चलिआएको प्रचलन रहेको स्थानी राजमती भट्टको भनाई छ । सुदूरपहाडमा माघे सक्रान्ति नरहरीलाई हर्षाेउल्लास तरिकाले मनाइने गरिएको उनले बताए । यो पर्वमा कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरु घर फर्किने गरेका र बिबाहित महिलाहरु माइती घर आउने भएकाले रमाइलो हुने गरेको स्थानीय पवन भट्टले बताए ।

 

(sagunkhabar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.