सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोधारा चाँदनी नगरमा न्यानो कार्यक्रम, ८० घर परिवारलाई कम्बल वितरण

दोधारा । दोधारा चाँदनी नगरपालिकामा ८० घर परिवारलाई कम्वल वितरण गरिएको छ । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा दबी जोशीका अनुसार यस अर्थिक वर्षको न्यानो कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका वडा नं. १ देखि १० वडामा रहेका गरिब तथा बिपन्न जेष्ठ नागरिकलाई छनौट गरी कम्वल वितरण गरिएको हो ।

दोधारा चाँदनी नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका ८० जना बिपन्न तथा असाहय जेष्ठ नागरिकहरुलाई एक– एक थान कम्वल बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । चिसोबाट मानविय क्षती हुन सक्ने अवस्था भएको हुँदा चिसोबाट बच्नको लागि कम्बल बितरण गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

ज्येष्ठ नागरिक, असहाय, अपाङ्ग भएका व्यक्तिलाई बाक्लो कपडा नहुदा चिसोमा कठयाङिग्रएर बस्नु परेको अवस्था थियो । जाडोमा कम्वल पाउदा बिपन्न तथा असहाय जेष्ठ नागरिक खुशी भएका छन् ।

Dirghayu Ads

बिपन्न तथा असाहयक जेष्ठ नागरिकलाई कम्वल बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडा नं. २ का वडाध्यक्ष पदम रावल, वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्र लगायत ज्येष्ठ नागरिक सहभागी भएका छन् । -विकल्प दैनिकबाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.