Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अझै पुगेन ४६ पालिकामा राष्ट्रिय बिजुली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ पुष २७, बुधबार १८:२६
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — भोजपुरस्थित हतुवागडी–२ रानीबासकी सुम्निमा राई कक्षा १० मा पुगिसकिन् । तर उनले बिजुली बत्तीको उज्यालोमा पढ्न पाएकी छैनन् । टुकी बत्ती हुँदै सोलारको उज्यालोमै उनको दैनिकी बित्दै छ । तर घाम नलागेका बेला न सोलार चार्ज हुन्छ, न त्यसको बत्ती बल्छ । अनि गाउँ नै अन्धकारमय बन्न पुग्छ ।

 

‘सोलार नबल्दा टुकी बत्तीको उज्यालोमा खाना पकाउँछौं, खान्छौं,’ उनले भनिन्, ‘बिहान, दिउँसोको उज्यालो र सोलारको उज्यालोमा मात्रै पढ्न पाउँछौं ।’ रानीबासका हरेक घरमा छुट्टै सोलार पनि चार्ज गरेर राखिएको हुनेसमेत उनले सुनाइन् । तर लगातार पानी पर्दा, घाम नलाग्दा सोलारको समेत चार्ज सकिएर बन्द हुने र टुकी बत्तीको भर पर्नुपरेको उनले जनाइन् ।

 

‘गाउँपालिकाको चुनावअघि नै बत्तीको पोल गाड्न खाल्डो खनेका थियौं, मंसिरको चुनाव आउनुभन्दा अलि अघि पोल पनि गाडिसक्यौं,’ उनले भनिन्, ‘अब बत्तीको उज्यालोमा पढ्न पाइने भयो, बत्ती आउने भयो भनेको अझै आएन ।’

आम निर्वाचनअघि नै पोल गाड्ने काम भए पनि त्यसपछि केही प्रगति हुन सकेन । न तार तन्काउन थालियो । न बत्ती ल्याउने काम नै सुरु हुन सक्यो । सोलार चार्ज नहुँदा राति पढ्न र गृहकार्यसमेत गर्न नपाइने उनले सुनाइन् । ‘घाम नलागेका बेला सोलार चार्ज हुँदैन, त्यसपछि न पढ्न पाइन्छ, न अरू केही,’ उनले भने, ‘कहिले पानी पर्छ, कहिले घाम लाग्दैन ।’

मुलुक लोडसेडिङमुक्त भइसक्दा पनि भोजपुरस्थित हतुवागडी गाउँपालिकामा बल्ल १८.७५ प्रतिशतले विद्युतीकरण भएको छ । भोजपुरकै आमचोक र साल्पासिलिछो गाउँपालिकामा अझै विद्युतीकरण हुन सकेको छैन । बाजुरास्थित गौमुल गाउँपालिका पनि विद्युत्विहीन हो । गौमुल–२ का लक्ष्मण रोकाया बाजुराकै सदरमुकाम मार्तडीमा पढ्न बसेका छन् । ‘मार्तडी बजारमा समेत राष्ट्रिय प्रसारण लाइन पुगेको महिना दिन मात्र भयो । यहाँ पहिला त्रिवेणी जलविद्युत् आयोजनाको बत्ती बाल्थ्यौं,’ उनले भने, ‘सदरमुकाममा बत्ती आइपुगे पनि हाम्रोमा छैन ।’

 

 

‘सदरमुकाम आउँदा मोबाइल, टर्च लाइट, सोलार चार्ज गरेर फर्कन्छौं र केही दिनलाई काम चल्छ,’ रोकायाले भने, ‘उज्यालोका लागि झरो नै बाल्छौं, जिजुबाजेले पनि त्यही बाल्नुभयो, हामी पनि त्यही बाल्दै छौं, हाम्रा सन्ततिले पनि त्यही बाल्छन् जस्तो छ ।’ राजनीतिक दलका प्रतिनिधिले बत्ती ल्याउने घोषणा सधैं गर्ने गरे पनि अहिलेसम्म आफूहरूले राष्ट्रिय प्रसारणको बिजुली उपभोग गर्न नपाएको उनको भनाइ छ । बाजुराको २९ हजार ८४ घरधुरीमध्ये १३.४४ प्रतिशतमा मात्रै विद्युतीकरण भएको छ ।

गौमुलसहित बाजुराका हिमाली, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, जगन्नाथ गाउँपालिका पूर्णरूपमा विद्युत्विहीन छन् । भोजपुर र बाजुराका जस्तै मुलुकका ४६ पालिकामा नेपाल विद्युत् प्राधिकरणले बिजुली पु¥याउन सकेको छैन ।

मुलुकका ४७१ पालिकामा मात्र ९० देखि १ सय प्रतिशत विद्युतीकरण भएको प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्यांक ०७९ मा उल्लेख छ । ११३ पालिकामा ६५ देखि ९० र ४५ पालिकामा ३५ देखि ६५ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणको तथ्यांक छ । मुलुकका ६३ पालिकामा ५ देखि ३५ र १५ पालिकामा शून्यदेखि ५ प्रतिशत विद्युतीकरण भएको छ ।

कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युत् पहुँच पुगेको प्राधिकरणले जनाएको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशतले राष्ट्रिय ग्रिड र ०.१४ प्रतिशतले ग्रिडबाहिरबाट विद्युत् पाएका छन् । सबैभन्दा बढी मधेसमा ९९.९५ र सबैभन्दा कम कर्णालीमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश १ मा ९१.२३, वाग्मतीमा ९७.४७, गण्डकीमा ९७.७६, लुम्बिनीमा ९६.७३ र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणले बताएको छ ।

राष्ट्रिय प्रसारण लाइन पुर्याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य, लघु जलविद्युत् (माइक्रोहाइड्रो) लगायतमार्फत विद्युतीकरण गर्ने सरकारको कार्यक्रम छ । प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र युरोपेली लगानी बैंक (ईआईबी) बाट २० अर्ब सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युतीकरण गर्दै छ ।

०८२ सालभित्र देशभरका सबै घरघरमा बत्ती पुर्याउने गरी काम भइरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । सबै पालिकामा विद्युतीकरणका लागि धमाधम टेन्डर भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । धेरै योजनामध्ये केहीको सम्झौता भइसकेको र कुनै सम्झौता हुने चरणमा रहेको उनको भनाइ छ । कुनै भने ठेक्का प्रक्रियामा गइसकेको उनले जनाए ।

(ekantipur.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ पुष २७, बुधबार १८:२६
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ पुष २७, बुधबार १८:२६
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०७९ पुष २७, बुधबार १८:२६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ पुष २७, बुधबार १८:२६
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ पुष २७, बुधबार १८:२६
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ पुष २७, बुधबार १८:२६
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ पुष २७, बुधबार १८:२६
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ पुष २७, बुधबार १८:२६
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ पुष २७, बुधबार १८:२६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व