सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तेलले मुटु बलियो बनाउँछ कि कमजोर ? हामीले प्रयोग गर्ने तेलबारे जान्नै पर्ने कुराहरू

तेल विनाको भान्सा शायदै कल्पना गरिएला । तरकारी पकाउन, दाल झान्न, खानेकुरा तार्न, भुट्न तेलको नै प्रयोग गरिन्छ । यसरी हरेकपटक भान्सामा तेल प्रयोग हुन्छ ।

तेल स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छ भन्ने विषयमा आ–आफ्नै तर्क होलान् । तर सागसब्जीमा कम तेल राख्न र तारेका खानेकुरा सकेसम्म कम खान चिकित्सकहरुको सुझाव छ । बजारमा पाइने कतिपय तेल मिश्रणयुक्त तथा कमसल हुने भएकाले तेल प्रयोगका विषयमा सतर्क रहनुपर्ने उनीहरु बताउँछन् ।

 

तेलमा अधिक मात्रामा फ्याट हुन्छ । फ्याट शरीरका लागि आवश्यक हुने भएपनि तेलको अत्यधिक प्रयोगले स्वास्थ्यमा हानी पु¥याउने पोषणविद् डा. सञ्जय महर्जन बताउँछन् ।‘पाँचदेखि सात प्रतिशतसम्म फ्याट भए त्यसले शरीरलाई इनर्जी प्राप्त हुन्छ । तर तेलको मात्रा बढी हुँदा स्वास्थ्यमा समस्या देखिन्छ,’ उनी भन्छन् । तेलमा सेचुरेटेड फ्याट, मोनोसेचुरेटेड फ्याट र पोलीअनसेचुरेटेड फ्याटीएसिड सामेल हुन्छ ।

 

World Link Ads
Mahakali Polytechnic

फ्याट मानव शरीरका लागि आवश्यक भएपनि शरीरले धेरै पचाउन सक्दैन । शरीरमा बोसो धेरै जम्दा स्वास्थ्यमा अनेक समस्या देखिन थाल्छन् । महर्जन भन्छन्, ‘मानव स्वास्थ्यका लागि तेल हानिकारक नभई तेलको मात्रा र गुणस्तर हो । तेलले शरीरलाई भिटामिन ए, डी, ई र के पाइने हुँदा तेल आवश्यक छ ।

 

पोषणविद् डा. उमा कोइराला तेल शरीरका लागि आवश्यक भएपनि तेलबारे समाजमा भ्रम रहेको बताउँछिन् । खानाको माध्यमबाट प्राप्त हुने क्यालोरी, कार्बोहाइड्रेड र प्रोट्रिन जस्ता तत्वलाई पचाउन चिल्लो पदार्थ चाहिने उनी बताउँछिन् । चिल्लो पदार्थको उपस्थितिमा मात्रै शरीरले यी तत्व सोस्न सक्छ ।

‘समाजमा चिल्लो पटक्कै खानुहुन्न भन्ने भ्रम रहेको छ । सही मात्रामा गुणस्तरीय तेल सेवनले स्वास्थ्यलाई फाइदा नै गर्छ,’ कोइराला भन्छिन् ।चिल्लो पदार्थ तथा तेलजन्य कुराले खानालाई नरम, स्वादिलो, आकर्षक र सजिलै पच्न सक्ने बनाउने उनको भनाइ छ । मानव शरीरका लागि दैनिक करिब २० ग्राम चिल्लो पदार्थ आवश्यक पर्ने कोइराला बताउँछिन् ।

Sana Kishan

शरीरमा बोसो जम्ने भएपछि शारीरिक व्यायाम तथा कसरतको अभावमा यसले विभिन्न शारीरिक समस्या निम्त्याउने काम गर्छ ।
‘रिफाइन तथा मोडिफाइड तेल स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यस्तो तेलले शरीरको रि–जेनेरेसन क्यापासिटी घटाउँछ,’ डा. कोइराला भन्छिन् ।

 

स्वास्थ्यका लागि रिफाइन तथा मोडिफाइड गरेको तेल हानिकारक भएको उनको भनाइ छ । सकेसम्म शुद्धतोरीको तेल नभए प्रशोधन नगरिएको तेल खानुपर्ने उनले बताइन् ।अहिले बजारमा आएका तेलहरु रिफाइन, प्रशोधित तथा कोलस्ट्रोलरहित भनेपनि सबै बजारीकरणको सूत्र भएको उनको तर्क छ । तारेको तेल स्वास्थ्यका लागि विषाक्त मानिने भएकाले प्रयोग नगर्न कोइराला सुझाउँछिन् ।

 

अनावश्यक चिल्लो पदार्थले मुटुसम्बन्धी समस्या पनि ल्याउन सक्ने चिकित्सक बताउँछन् । मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्य खराब चिल्लो पदार्थले मुटुरोग र उच्च रक्तचापको समस्या निम्त्याउने बताउँछन् ।

‘खराब चिल्लो पदार्थका कारण मुटुको धमनी बन्द हुन्छ, जसकारण हृदयघात हुने खतरा हुन्छ । बढी चिल्लो पदार्थ शरीरमा जमेपछि मस्तिष्क तथा हातखुट्टाका धमनी बन्द हुन्छन्, जसले ज्यानै पनि जान सक्छ,’ उनी भन्छन् ।

बढी चिल्लो तथा खराब चिल्लो पदार्थको अत्यधिक प्रयोगका कारण अहिले युवापुस्तामा हृदयघातको समस्या बढ्दै गएको छ । खराब चिल्लो पदार्थका बारेमा सर्वसाधारणमा चेतना जगाउन सकने केही हदसम्म हृदयघातबाट बच्न सकिने डा. वैद्य बताउँछन् ।

 

‘तेलबाट प्राप्त हुने भिटामिन ए, डी, ई र के को अभावमा शरीरले काम गर्न सक्दैन,’ उनी भन्छन्, ‘जाडो महिनामा नजम्ने र पातलो तेल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।’

खराब चिल्लोका कारण आउने समस्याबाट बच्न बजारका खानेकुराm वनस्पति घिउमा पकाएका खाना र डिपफ्राइ गरेका खानेकुराबाट टाढा रहनुपर्ने डा. वैद्यको सुझाव छ । मीठो खानेकुरामा स्वास्थ्य तथा मुटुलाई हानी गर्ने विषाक्त तत्व बढी हुन्छन् ।बारम्बार तताएको तेल र धुँवा आइसकेको तेल स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यसबाट सतर्क रहनुपर्छ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.