Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तेलले मुटु बलियो बनाउँछ कि कमजोर ? हामीले प्रयोग गर्ने तेलबारे जान्नै पर्ने कुराहरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ पुष २४, आईतवार ०८:०४
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

तेल विनाको भान्सा शायदै कल्पना गरिएला । तरकारी पकाउन, दाल झान्न, खानेकुरा तार्न, भुट्न तेलको नै प्रयोग गरिन्छ । यसरी हरेकपटक भान्सामा तेल प्रयोग हुन्छ ।

तेल स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छ भन्ने विषयमा आ–आफ्नै तर्क होलान् । तर सागसब्जीमा कम तेल राख्न र तारेका खानेकुरा सकेसम्म कम खान चिकित्सकहरुको सुझाव छ । बजारमा पाइने कतिपय तेल मिश्रणयुक्त तथा कमसल हुने भएकाले तेल प्रयोगका विषयमा सतर्क रहनुपर्ने उनीहरु बताउँछन् ।

 

तेलमा अधिक मात्रामा फ्याट हुन्छ । फ्याट शरीरका लागि आवश्यक हुने भएपनि तेलको अत्यधिक प्रयोगले स्वास्थ्यमा हानी पु¥याउने पोषणविद् डा. सञ्जय महर्जन बताउँछन् ।‘पाँचदेखि सात प्रतिशतसम्म फ्याट भए त्यसले शरीरलाई इनर्जी प्राप्त हुन्छ । तर तेलको मात्रा बढी हुँदा स्वास्थ्यमा समस्या देखिन्छ,’ उनी भन्छन् । तेलमा सेचुरेटेड फ्याट, मोनोसेचुरेटेड फ्याट र पोलीअनसेचुरेटेड फ्याटीएसिड सामेल हुन्छ ।

 

फ्याट मानव शरीरका लागि आवश्यक भएपनि शरीरले धेरै पचाउन सक्दैन । शरीरमा बोसो धेरै जम्दा स्वास्थ्यमा अनेक समस्या देखिन थाल्छन् । महर्जन भन्छन्, ‘मानव स्वास्थ्यका लागि तेल हानिकारक नभई तेलको मात्रा र गुणस्तर हो । तेलले शरीरलाई भिटामिन ए, डी, ई र के पाइने हुँदा तेल आवश्यक छ ।

 

पोषणविद् डा. उमा कोइराला तेल शरीरका लागि आवश्यक भएपनि तेलबारे समाजमा भ्रम रहेको बताउँछिन् । खानाको माध्यमबाट प्राप्त हुने क्यालोरी, कार्बोहाइड्रेड र प्रोट्रिन जस्ता तत्वलाई पचाउन चिल्लो पदार्थ चाहिने उनी बताउँछिन् । चिल्लो पदार्थको उपस्थितिमा मात्रै शरीरले यी तत्व सोस्न सक्छ ।

‘समाजमा चिल्लो पटक्कै खानुहुन्न भन्ने भ्रम रहेको छ । सही मात्रामा गुणस्तरीय तेल सेवनले स्वास्थ्यलाई फाइदा नै गर्छ,’ कोइराला भन्छिन् ।चिल्लो पदार्थ तथा तेलजन्य कुराले खानालाई नरम, स्वादिलो, आकर्षक र सजिलै पच्न सक्ने बनाउने उनको भनाइ छ । मानव शरीरका लागि दैनिक करिब २० ग्राम चिल्लो पदार्थ आवश्यक पर्ने कोइराला बताउँछिन् ।

शरीरमा बोसो जम्ने भएपछि शारीरिक व्यायाम तथा कसरतको अभावमा यसले विभिन्न शारीरिक समस्या निम्त्याउने काम गर्छ ।
‘रिफाइन तथा मोडिफाइड तेल स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यस्तो तेलले शरीरको रि–जेनेरेसन क्यापासिटी घटाउँछ,’ डा. कोइराला भन्छिन् ।

 

स्वास्थ्यका लागि रिफाइन तथा मोडिफाइड गरेको तेल हानिकारक भएको उनको भनाइ छ । सकेसम्म शुद्धतोरीको तेल नभए प्रशोधन नगरिएको तेल खानुपर्ने उनले बताइन् ।अहिले बजारमा आएका तेलहरु रिफाइन, प्रशोधित तथा कोलस्ट्रोलरहित भनेपनि सबै बजारीकरणको सूत्र भएको उनको तर्क छ । तारेको तेल स्वास्थ्यका लागि विषाक्त मानिने भएकाले प्रयोग नगर्न कोइराला सुझाउँछिन् ।

 

अनावश्यक चिल्लो पदार्थले मुटुसम्बन्धी समस्या पनि ल्याउन सक्ने चिकित्सक बताउँछन् । मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्य खराब चिल्लो पदार्थले मुटुरोग र उच्च रक्तचापको समस्या निम्त्याउने बताउँछन् ।

‘खराब चिल्लो पदार्थका कारण मुटुको धमनी बन्द हुन्छ, जसकारण हृदयघात हुने खतरा हुन्छ । बढी चिल्लो पदार्थ शरीरमा जमेपछि मस्तिष्क तथा हातखुट्टाका धमनी बन्द हुन्छन्, जसले ज्यानै पनि जान सक्छ,’ उनी भन्छन् ।

बढी चिल्लो तथा खराब चिल्लो पदार्थको अत्यधिक प्रयोगका कारण अहिले युवापुस्तामा हृदयघातको समस्या बढ्दै गएको छ । खराब चिल्लो पदार्थका बारेमा सर्वसाधारणमा चेतना जगाउन सकने केही हदसम्म हृदयघातबाट बच्न सकिने डा. वैद्य बताउँछन् ।

 

‘तेलबाट प्राप्त हुने भिटामिन ए, डी, ई र के को अभावमा शरीरले काम गर्न सक्दैन,’ उनी भन्छन्, ‘जाडो महिनामा नजम्ने र पातलो तेल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।’

खराब चिल्लोका कारण आउने समस्याबाट बच्न बजारका खानेकुराm वनस्पति घिउमा पकाएका खाना र डिपफ्राइ गरेका खानेकुराबाट टाढा रहनुपर्ने डा. वैद्यको सुझाव छ । मीठो खानेकुरामा स्वास्थ्य तथा मुटुलाई हानी गर्ने विषाक्त तत्व बढी हुन्छन् ।बारम्बार तताएको तेल र धुँवा आइसकेको तेल स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यसबाट सतर्क रहनुपर्छ ।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ पुष २४, आईतवार ०८:०४
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ पुष २४, आईतवार ०८:०४
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०७९ पुष २४, आईतवार ०८:०४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ पुष २४, आईतवार ०८:०४
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ पुष २४, आईतवार ०८:०४
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ पुष २४, आईतवार ०८:०४
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ पुष २४, आईतवार ०८:०४
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ पुष २४, आईतवार ०८:०४
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ पुष २४, आईतवार ०८:०४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व