Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बजारमा थरीथरीका हिटर – कति मूल्य, कति क्षमता?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ पुष २२, शुक्रबार ०५:३६
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं । पुसको महिना चिसो ह्वात्तै बढ्न थालेको छ । यस्तो अवस्थामा चिसोबाट बच्न अधिकांशले घरमा हिटरको प्रयोग गर्न थालेका छन् । चिसिंदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृत्रिम काइदा हो हिटर । रुम हिटरको प्रयोग गरेर, कोठाको न्यानोपनलाई समयमै सजिलै कायम गर्न सकिन्छ ।

बजारमा कुन कुन ब्राण्डमा हिटरहरू उपलब्ध छन् ? कति मूल्य पर्छ ? उपभोक्तामा थुप्रै जिज्ञासा हुन सक्छ ।

 

कुन हिटरको कति मूल्य ?

सीजी

सीजीले ग्राहकहरूको सुविधाको लागि धेरै प्रकारको र विभिन्न मूल्य पर्ने हिटर बजारमा ल्याएको छ । सीजीको ओएफआर तथा ह्यालोजिन हिटर, पीटीसी फ्यान हिटर, कार्बन हिटर, ग्यास हिटर, इलेक्ट्रिक हिटर उपलब्ध छन् ।

सीजीको ओएफआर हिटरले कोठामा अक्सिजनको मात्रा घटाउँदैन । यस हिटरलाई झ्याल ढोका बन्द गरेर चलाए पनि फरक पर्दैन । ९ फिन, ११ फिन र १३ फिन गरी यो हिटर तीन क्षमताको हुन्छ । बजारमा १२ हजार ४९० देखि १४ हजार ६६० रुपैयाँसम्म यसको मूल्य पर्छ ।

सीजीको नयाँ उत्पादन पीटीसी फ्यान हिटरले पनि कोठामा अक्सिजनको मात्रा घटाउँदैन । यो १ हजार ५०० र २ हजार वाटमा उपलब्ध छ । जसको मूल्य ३ हजार ७०० रुपैयाँ र ११ हजार ८६० रुपैयाँ पर्छ ।

कार्बन हिटर ९ वाटको एउटा मात्र मोडल उपलब्ध छ । जसको मूल्य ४ हजार १५० रुपैयाँ पर्छ । अर्को ग्यास तथा इलेक्ट्रिक हिटर छ । जुन ग्यास र विद्युत् दुई तरिकाबाट चलाउन सकिन्छ । यसको मूल्य १४ हजार ९० रुपैयाँ पर्छ ।

सीजीले सानो साइजको फ्यान हिटर पनि बजारमा ल्याएको छ । जसको मूल्य ४ हजार ३८० रुपैयाँ पर्छ ।

ह्यालोजिन हिटर १२ सय वाट र १६ सय वाटमा उपलब्ध छ । यसमा दुई, तीन र चारवटा रड हुन्छ । मूल्य २ हजार ५८० देखि ५ हजार ५५० रुपैयाँ पर्छ । सीजीको ह्यालोजिन जस्तै देखिने तर सानो आकारको क्वाज हिटर पनि उपलब्ध छ । जसको मूल्य १ हजार ३९० देखि ३ हजार २०० रुपैयाँसम्म पर्छ ।

बाल्ट्रा

बाल्ट्राले पनि आफ्नो ग्राहकलाई लक्षित गरेर विभिन्न डिजाइन, क्षमता र मूल्यका हिटरहरू बजारमा ल्याएको छ । यस कम्पनीले फ्यान, हेलोजिन, ग्यास, क्वार्ज, कार्बन, वाल माउन्ट, ओइल फिल्ड, ग्यास र इलेक्ट्रिक हिटर बजारमा ल्याउने गरेको छ ।

बाल्ट्राको सम्पूर्ण फ्यान हिटर २ हजार वाटमा उपलब्ध छ । जसको मूल्य २ हजार २७५ देखि ४ हजार ८७५ रुपैयाँसम्म पर्छ । क्वार्ज हिटरको मूल्य १ हजार २७५ देखि २ हजार ८२५ रुपैयाँसम्म पर्छ ।

हेलोजिन हिटर १२ सय वाटमा उपलब्ध छ । हेलोजिनको मूल्य हजार ९ सय ७५ रुपैयाँ देखि ४ हजार २७५ रुपैयाँ पर्छ । ओइल फिल्ड हिटर ११ र १३ वटा फिन क्षमताको हुन्छ र यसको मूल्य १४ हजार ९७५ देखि १६ हजार ९२५ रुपैयाँसम्म पर्छ ।

पीटीसी हिटर २ हजार वाटको ४ हजार ९७५ रुपैयाँ पर्छ । क्वार्ज हिटरको मूल्य ६ हजार ९७५ रुपैयाँ पर्छ । वाल माउन्ट हिटर २ हजार वाटको मूल्य ८ हजार २०० रुपैयाँ पर्छ ।

यसुदा

यसुदाको फ्यान हिटर, क्वार्ज हिटर, हेलोजिन हिटर र ग्यास हिटर बजारमा उपलब्ध छन् । यसुदा ग्यास रुम हिटर ५००, एक हजार र १५ सय वाट क्षमताको हुन्छ । जसको मूल्य १२ हजार ४६० रुपैयाँ पर्छ ।

हेलोजिन हिटर ४००, ८०० र १२ सय वाटमा उपलब्ध छ, जसको मूल्य २ हजार ७०० देखि ३ हजार ९०० रुपैयाँ पर्छ । क्वार्ज दुईवटा रड भएको ४०० र ८०० वाटको हिटरको मूल्य १ हजार ४७० रुपैयाँ पर्छ । फ्यान हिटर एक हजार र दुई हजार वाटको मूल्य १ हजार ६४० रुपैयाँ पर्छ ।

बजारमा चलेका हिटर ब्रान्डहरू

यतिबेला स्थानीय बजारमा विदेशीसँगै विभिन्न स्वदेशी ब्राण्डहरूका हिटरहरू भेट्न सकिन्छ । माथि उल्लेख गरिएका सीजी, बाल्ट्रा, यसुदासहित हिमस्टार, भिडियोकोन, वेगा, इलेक्ट्रोन, होमग्लोरी, टीसीएल लगायत विदेशी तथा स्वदेशी ब्राण्डका एसी तथा रुम हिटरहरू नेपाली बजारमा उपलब्ध छन् । हिटरको क्षमता, उपयोगिता अनुसार मूल्य फरक पर्छ ।

कुन बढी उपयोगी ?

यही नै प्रकारको हिटर बढी उपयोगी हुन्छ भनेर भन्न सकिंदैन । सबै प्रकारका हिटर जाडोको लागि उपयोगी नै छन् । ग्राहकको रुचि, कोठाको आकार, क्षमता र बजेट अनुसार हिटर खरिद गर्न सकिन्छ ।

सुरक्षाको हिसाबले हेर्दा भने ओएफआर र पीटीसी फ्यान हिटर बढी उपयोगी हुन्छ । यस्ता हिटर एसी जस्तो हुन्छ । हिटर चलाउँदा झ्याल–ढोका खुल्ला राख्नु पर्दैन र अक्सिजनको कमी होला भन्ने डर पनि हुँदैन ।

हिटरको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

– हिटरलाई ढोकाको नजिक वा बाटोको नजिक नराख्नु उपयुक्त हुन्छ ।

– प्रज्वलनशील पदार्थहरू हिटरभन्दा टाढा राख्नुपर्छ ।

– बालबालिका र घरपालुवा जनावरको पहुँचबाट हिटरलाई टाढा राख्नुपर्छ ।

– समय–समयमा चलिरहेको हिटरलाई बन्द गरिरहनुपर्छ ।

– हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ ।

– हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा बेस हुन्छ ।

– सुत्ने बेला हिटर बन्द गरेर सुत्नुपर्छ ।

(source : onlinekhabar.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ पुष २२, शुक्रबार ०५:३६
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ पुष २२, शुक्रबार ०५:३६
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०७९ पुष २२, शुक्रबार ०५:३६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ पुष २२, शुक्रबार ०५:३६
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ पुष २२, शुक्रबार ०५:३६
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ पुष २२, शुक्रबार ०५:३६
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ पुष २२, शुक्रबार ०५:३६
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ पुष २२, शुक्रबार ०५:३६
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ पुष २२, शुक्रबार ०५:३६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व