

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरमा लुईसब्रेन दिवस मनाईएको छ । बुधबार एक कार्यक्रमका विच २१४औँ लुईसब्रेन दिवस मनाईएको हो । राष्ट्रिय दृष्ट्रिबिहिन संघ नेपालले लुईसब्रेन दिवस मनाएको छ । राष्ट्रिय दृष्ट्रिबिहिन संघ नेपालका अध्यक्ष बलराम पन्तले दृष्ट्रिबिहिन विद्यार्थीको अध्ययनका लागि ब्रिनलिपी निर्माण गर्ने वैज्ञानिक लुईसब्रेनको सम्झनामा दिवस मनाएको बताए ।

कार्यक्तको अध्यक्षता समेत ग्रहण गरेका राष्ट्रिय दृष्ट्रिबिहिन संघ नेपालका अध्यक्ष पन्तले कञ्चनपुरका दृष्ट्रिबिहिन अपाङता भएका व्यक्तिको शैक्षिक सुधारका काममा सहयोग गर्न आब्हान गरेका छन । कार्यक्तमका प्रमुख अतिथि बेदकोट नगरका प्रमुख भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी सहितले दृष्ट्रिबिहिन अपाङता भएका व्यक्तिको शैक्षिक समाजिक विकासका लागि योजना अघि ल्याएर कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा दृष्ट्रिबिहिन संघ, अपाङता भएका अगुवा सहितको सहभागिता रहेको थियो ।

