सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्राइमरी लेभल हस्पिटलमा बैतडी अस्पताल देशकै दोश्रो स्थानमा

बैतडी –जिल्ला अस्पताल बैतडीमा प्राइमरी लेभल हस्पिटल मध्ये देशकै दोश्रो स्थानमा पर्न सफल भएको छ । न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल देशभरीका उत्कृष्ट अस्पतालको दोश्रो स्थानमा रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए ।

न्यूनतम सेवा मापदण्डमा ८९ प्रतिशत अंक सहित जिल्ला अस्पताल बैतडीमा दोश्रो स्थानमा रहेको डा. श्रेष्ठले बताए । दमौली अस्पताल पहिलो स्थानमा रहेको छ । यस्तै जिल्ला अस्पताल अछाम ८७ प्रतिशत अंक सहित तेश्रो र बझाङ ८४ प्रतिशत अंक सहित चौथो स्थानमा रहेको छ ।

यसअघि सुदूरपश्चिममा बैतडी प्रथम स्थानमा रहेको थियो । स्वास्थ्य मन्त्रालय र निक साइमन इन्ष्च्यिुटले गरेको मूल्यांकनमा बैतडी अस्पताल उत्कृष्ट हुँदै दोश्रो स्थानमा पर्न सफल भएको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पतालहरुलाई अंक दिइने गरिएको छ । अस्पतालले प्रदान गर्ने सेवा, अस्पताल भित्रका सेवा सुविधा, भौतिक व्यवस्थापन लगायतका कार्यहरु हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिएको डा. श्रेष्ठले बताए ।

न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल देशभरीकै उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको र अझै पनि अस्पतालको सेवालाई प्रभावकारी बनाउने तर्फ ध्यान जाने डा.श्रेष्ठले बताए ।

नयाँ भवनबाट सेवा दिइरहेको जिल्ला अस्पतालमा अहिले ३ जना बिशेषज्ञ सहित ८ जना चिकित्सक कार्यरत रहेका छन् । हाडजोर्नी सम्बन्धि अप्रेशन सहित उपचार सेवा सञ्चालनमा रहेको डा. श्रेष्ठले बताए । यस्तै एमडीजीपी र एनस्थियोलोष्टि समेत अस्पतालमा कार्यरत रहेका छन् ।

जिल्ला अस्पताल देशभरीकै दोश्रो स्थानमा आउनु जिल्लाबासीका लागि निकै राम्रो पक्ष भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.