
कञ्चनपुर – जिल्लाको दोधारा चाँदनी नगरपालिका २ मा स्यालको टोकाइबाट आठ जना घाइते भएका छन् । शनिबार दिउँसो घर नजिक घाँस काटी रहेका उनीहरुलाई स्यालले टोकेको हो । घाइते हुनेमा सरिता पुजारा, सिता पुजारा, माधवी धामी, प्रेम सिंह धामी, कलावती जोशी, बेलमती जोशी, कल्पना जोशी र सुनिता भाट रहेको दोधारा चाँदनी २ का वडाध्यक्ष पदम रावलले बताए।

स्यालले टोकेपछि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएका उनीहरुमध्ये सिता पुजारा, सरिता पुजारा र बेलमती जोशी बाहिर रिफर गरिएका छन्। स्थानीय र प्रहरीले स्याललाई मारिदिएका छन्।

पछिल्लो समय सो ठाउँमा स्यालको बिगबिगी बढेको छ । स्यालले घरमै बसेका तथा बाटोमा हिँड्नेलाई समेत टोकिरहेको छ । गोदावरी न्युज बाट सभार
