सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटनमा आजदेखि विद्यालय सञ्चालन

बैतडीको पाटनमा गएको तीनदिनदेखि बन्द रहेका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट हत्याका अभियुक्त पहिचानको माग गर्दै शिक्षक संघसंगठनहरुले नगर क्षेत्रभित्रका विद्यालय बन्द गरेका थिए ।

Sana Kishan

शिक्षक बिष्टका हत्याका अभियुक्त पक्राउ परिसकेकाले आजदेखि विद्यालय सञ्चालनमा आएका नेपाल शिक्षक संघ पाटन नगरकार्यसमितिका अध्यक्ष लक्ष्मण बोहराले बताए ।

सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक बिष्ट पौष २ गते मृत फेला परेका थिए । उनको हत्यामा पुर्चौंडी नगरपालिका ३ का प्रजा बोहरा र उनकी श्रीमति बिमला बोहरा पक्राउ परीसकेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.