सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटन –१ मा जेष्ठ नागरिकलाई कम्बल वितरण

बैतडीको पाटन नगरपालिका वडा नं १ मा रहेका जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक र वडामा रहेका एकल पुरुषलाई चिसोको समयमा कम्बल वितरण गरिएको पाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तर्क ठगुन्नाले बताए ।

Sana Kishan

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए । यसका साथै सरकारबाट कुनै सेवा सुविधा नपाएका एकल पुरुषहरुलाई पनि कम्बल वितरण गरिएको हो ।

वडाभरीका सबै टोलमा पुगेर कम्बल वितरण गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए । दुई सय बढी जेष्ठ नागरिक र एकल पुरुषलाई कम्बल वितरण गर्ने लक्ष्य रहेको उनले बताए । यस्तै टुहुरा बालबालिकाहरुलाई भोलि झोला वितरण गर्ने कार्यक्रम रहेको उनले सुनाए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.