
कैलालीको चुरे गाउँपालिले जेष्ठ नागरिकलाई सम्मान तथा कम्मल वितरण गरेको छ।
वडा नम्बर ५ मा उनिहरुलाई कम्बल बितरण गरिएको हो ।

वडा नम्बर ५ ले १ सय ७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै कम्बल वितरण गरेको हो ।

वडामा रहेका जेष्ठ नागरिकहरुलाइ सम्मान स्वरुप कम्बल बितरण गरिएको सोही वडाका वडाध्यक्ष विर बहादुर धामिले बताए ।
उनले जाडोको समय शुरु भएसंगै जेष्ठ नागरिकलाई वडाको सानो सहयोगले राहत पुगोस भन्ने उद्देश्यले कम्मल वितरण गरिएको बताए ।
वडाध्यक्ष धामिले बृद्धभत्ताको लागि खानिडाँडाँमै सनराईज बैंकको शाखाको लागि पहल भईरहेको बताए ।
उनले बृद्धभत्ताको लागि सहजपुर पुग्नुपर्ने बाध्यताको अब छिट्टै अन्त्य हुने बताए । गोदावरी न्युज बाट सभार
