सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रभावकारी बन्दै एकद्वार संकट व्यवस्थापन केन्द्र

बैतडी –जिल्ला अस्पताल बैतडीमा सञ्चालनमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र प्रभावकारी बन्दै गएको छ । हिंसा प्रभावितहरुलाई एकीकृत सेवा दिने उद्देश्यले सञ्चालनमा रहेको केन्द्रबाट प्रभावितहरुले सेवा पाइरहेका जिल्ला अस्पताल बैतडीका मेडिकल अधिकृत डा.हीरा जोशीले बताइन् ।

जिल्ला अस्पताल नयाँ भवनमा सरेसंगै एकद्वार संकट व्यवस्थापन केन्द्रलाई पनि व्यवस्थित बनाइएको डा. जोशीले बताइन् । हिंसा प्रभावितहरुलाई केन्द्रबाट उपचारात्मक सेवाका साथै मनोसामाजिक सेवा समेत प्रदान भइरहेका उनले बताइन् । यस्तै कानुनी सेवा समेत प्रभावितहरुलाई निशुल्क रुपमा प्रदान गर्ने गरिएको छ ।

Sana Kishan

गएको जनवरीदेखि अहिले सम्म केन्द्रबाट १५२ जना हिंसा प्रभावितहरुले सेवा लिइसकेका छन् । यसरी सेवा लिनेमा धेरै जसो महिला र किशोरीहरु रहेका जिल्ला अस्पतालले जनाएको छ । चालु आर्थिक बर्षको अहिले सम्म ८२ जनाले एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिइसकेको डा. जोशीले बताइन् ।

World Link Ads
Mahakali Polytechnic

एकद्वार संकट व्यवस्थापन केन्द्रका बिषयमा जानकारी भएपछि अहिले प्रभावितहरु सेवा लिनका लागि पुग्ने गरेको डा. जोशीले बताइन् । जिल्ला अस्पतालमा एकद्वारा संकट व्यवस्थापन केन्द्र सञ्चालनमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले सहयोग गर्दै आइरहेको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.