Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बाँदरको आक्रमणबाट बैतडीमा एक महिला घाइते

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ४, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडीमा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छन् । भान्सा कोठामा खाना पकाइरहेका बेला खाना खोस्न आएका बाँदरले आक्रमण गर्दा दोगडाकेदार गाउँपालिका ४ पीपलकोटकी ५० बर्षीया मीना भट्ट घाइते भएकी हुन् । घाइते भट्टको टाउकोमा सात टाँका लगाइएको उनका देवर सत्यदेव भट्टले बताए ।
सोमबार बिहान साढे ११ बजेतिर खाना पकाइरहेका बेला भान्सा कोठामा पसेको बाँदरले महिलामाथि आक्रमण गरेको थियो । घरभित्र पसेको बाँदरलाई धपाउने बेला बाँदरले आक्रमण गरेको हो ।

ती महिलाको पीपलकोट स्वास्थ्यचौकीमा समान्य उपचार गरिएको छ भने थप उपचारका लागि भोलि जिल्ला अस्पातल ल्याउने तयारी भएको भट्टले बताए । उनले भने ‘बाँदरले आक्रमण गर्दा भाउजुको टाउको, औंला र कानमा चोट लागेको छ । रेबिज विरुद्धको सुई लगाउन र थप उपचारका लागि भोलि जिल्ला अस्पताल पुर्याउने तयारी गरेका छौं ।’

मानवबस्तीमै पसेर बाँदरले आतंक मच्चाउन थालेपछि दोगडाकेदार –४ का स्थानीयबासी त्रसित बनेका छन् । बाँदरकै कारण खेतमा बालीनाली लगाउन छोडेपछि बाँदरहरु घरभित्र पस्न थालेका हुन् । यस्तै दशरथचन्द नगरपालिकाका विभिन्न स्थानका नागरिक पनि बाँदरका कारण पीडित हुँदै आएका छन् । उनीहरुले समेत खेतमा बालीनाली लगाउन छोडीसकेका छन् ।

बाँदर नियन्त्रणका लागि स्थानीय सरकारसंग बारम्बार आग्रह गर्दा समेत केही सुनुवाई नभएको स्थानीय नागरिकको गुनासो रही आएको छ ।

भारतले हरिद्वारका बाँदर गाडीमा राखेर बैतडी जिल्लाको महाकाली छेउमा छोड्दा ती बाँदरले बैतडीको दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकामा आतङ्क मच्चाएको किसानको गुनासो छ । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व