सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म २ प ६१८९ नम्बरको स्कुटरलाई सुदूरपश्चिम प्रदेश ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्दा से २ प ८२० नम्बर– ८ बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउदको ज्यान गएको हो ।

Sana Kishan

दुर्घटनामा परि घाइते भएका साउदलाई प्रहरीको सहयोगमा कैलालीको माया मेट्रो अस्पतालमा उपचारका लागि पुर्याउँदै गर्दा ज्यान गएको प्रहरी निरीक्षक सिंहले बताए । ट्र्याक्टरमा रहेका कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चार जना महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन् । घाइतेको कृष्णपुरमा रहेको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.