कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा जारी १६ औँ संस्करणको सुदूरपश्चिम महोत्सव २०७९ मा आज बहुचर्चित लोक गायक बद्री पंगेनी र चर्चित लोक गायिका राधिका हमाल आउँदै छन् । महोत्सवको आज दशौं दिन उनीहरुको बेजोड प्रस्तुती रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले जानकारी दिए ।
शनिबार राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने कलाकार संयोजक समेत रहेका कुँवर बताए ।यसअघि (हिजो ) शुक्रबार गायक चक्र बम र चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीले आफ्नो बेजोड प्रस्तुती राखेका थिए।

महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।

महोत्सवको अवधि तीन दिन थपिएको आयोजकले जनाएको छ । मङ्सिर २२ देखि सुरु भएको महोत्सव पुस ५ गते सम्म सञ्चालन हुनेछ । गोदावरी न्युज बाट सभार
