सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बढी भाडा असुल्नेलाई कारवाही गर्दै ट्राफिक प्रहरी

79
Sana Kishan

बैतडीका कच्ची सडकमा मनोमानी भाडा असुल गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । कच्ची सडकमा जिप व्यवसायीले मनोमानी भाडा असुल्ने गरेको बिषयमा रेडियो निङ्गलाशैनीबाट समाचार प्रशारण हुनुका साथै सगुन खबर डटकमबाट समाचार प्रकाशित भएको थियो ।

सतबाँझ–सुर्नया सडकमा बढी भाडा असुल गर्ने गरेको समाचार बाहिर आएपछि ट्राफिक प्रहरीले कारवाही गर्न थालेको हो । कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपैंयाका दरले भाडादर तोकिएको भएपनि जिप व्यवसायीले भने आफूखुसी भाडा असुल्ने गरेका छन् ।

Arus
Karnali Traders

सतबाँझ–सुर्नया सडकमा चल्ने तीनओटा जिपलाई शुक्रबार नियन्त्रणमा लिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझमा कार्यरत प्रहरी सहायक हवलदार मोहनसिंह बिष्टले बताए । बढी भाडा असुल गर्ने जिपहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

तोकिएको भाडादर भन्दा बढी भाडा लिनेलाई कारवाही गर्ने कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ । बढी भाडा असुल गरेको पाइएमा कानुन अनुसार कारवाही हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक रामसिंह भण्डारीले बताए । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.