सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बसको ठक्करबाट विद्यार्थीको मृत्यु,कञ्चनपुरमा पुर्वपश्चिम राजमार्ग बन्द

कञ्चनपुर – कञ्चनपुरमा बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ। आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो।

Sana Kishan

बसको ठक्करबाट बेदकोट नगरपालिका ६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो। बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिए। घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका हुन्। घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व(पश्चिम राजमार्ग बन्द गराएका छन्। प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ। गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.