सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटन नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

56
Sana Kishan

बैतडीको पाटन नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पौष ३ गते बाट नगरपालिकाको आयोजनामा विभिन्न ठाउँमा नसर्ने रोगको उपचार सेवा प्रदान गर्न स्वास्थ्य शिवर सञ्चालन हुने भएको हो ।

अहिले प्रथम चरणमा नगरभित्रका वडा नं १, ५, र ७ मा रहेका स्वास्थ्य संस्थाहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिंह महराले जानकारी दिए ।

Arus

सरुवा रोग भन्दा पनि मधुमेह, मुटु सम्बन्धि र क्यानसर जस्ता नसर्ने रोगहरु पछिल्लो समय बढदै गएकाले नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य परीक्षण गरेर औषधि वितरण गर्न नगरपालिकाले १० ओटै वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालनको तयारी गरेको उनले बताए ।

Karnali Traders

पाटन नगरपालिकाले एकसूचना जारी गरेर प्रथम चरणमा वडा नं १ सकारमा रहेको प्रसुतिकेन्द्रमा पौष ५ गते, पाटन ५ मा रहेको बसन्तपूर स्वास्थ्यचौकीमा पौष ७गते र पाटन ७ को कैलपाल स्वास्थ्य चौकीमा पौष ३ गते स्वास्थ्य शिविर लाग्ने जनाएको छ ।

शिविरमा खानपिन तथा जीवनशैलीका कारण लाग्ने एक अर्कामा नसर्ने रोगहरुको परीक्षण, उपचार,परार्मश सेवा पदान गरिने स्वास्थ्य संयोजक महराले बताए । दम तथा फोक्सो सम्बन्धि ,उच्च रक्तचाप, तथा मुटु सम्बन्धि रोगहरु, मधुमेह,बाथ जोर्नि दुखाई, स्तन र पाठेघरको क्यानसर, मानसिक स्वास्थ्य सम्बन्धि सेवा प्रदान हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

शिविरमा रोग अनुसारको औषधि समेत वितरण गरिने बताइएको छ । परीक्षण तथा उपचार सेवा लिन नगरपालिकाले सबैलाई आग्रह समेत गरेको छ ।

पछिल्लो समय खानपिन तथा जीवनशैलीका कारण नसर्ने रोगहरु बढि रहेकाले स्वस्थकर खानपिनमा ध्यान दिन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.