सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीका ५ पालिकाले बालविवाह अन्त्यका लागि रणनीति बनाए

बैतडीका ५ ओटा पालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले यस अघि नै बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएका थिए भने दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र सिगास गाउँपालिकाले यो बर्ष रणनैतिक योजना बनाएका हुन् ।

पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाले यो बर्ष बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएर बालविवाह न्यूनीकरण गर्ने प्रयास गरेका छन् । बालविवाह अन्त्यका लागि बनेको रणनैतिक योजना सार्वजनिक गर्दै दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले घरबाटै बालविवाह अन्त्यका लागि पहल गर्नुपर्ने बताइन् । सरकारले सन् २०३० भित्र बालविवाहलाई शून्यमा झार्ने लक्ष्य लिएकाले सोही अनुसार नगरपालिकाले रणनैतिक योजना बनाएको उनले बताइन् ।

बालविवाह अन्त्यका लागि रणनीति बनाएको सिगास गाउँपालिकाले वडा तहबाटै तथ्यांक संकलन गरेर बालविवाह अन्त्यका लागि पहल गर्ने बताएको छ । वडाबाटै तथ्यांक संकलन गरेर बालविवाह न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्ने सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने ‘बालविवाह एक समस्याको रुपमा देखा परेको छ । यसले अन्य क्षेत्रलाई पनि प्रभाव पारेकाले त्यसलाई रोक्नका लागि हामीले पहल गर्छौं ।’
यता बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएको पाटन नगरपालिकाले किशोरकिशोरीहरुलाई सक्षम बनाउने खालका कार्यक्रम अघि सार्ने बताएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

बालविवाह अन्त्यका लागि बनेको रणनीतिक अनुसार कार्यक्रम कार्यान्वयनमा ल्याउने पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । उनले भने ‘बालविवाह अन्त्यका लागि समाजका सबै वर्ग लाग्नुपर्ने देखिन्छ । यसका लागि हामी सबैसंग सहकार्य गरेर अगाडि बढ्छौं ।’

Dirghayu Ads

सरकारले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्य लिएकाले सरकारको लक्ष्य परिपूर्तीमा विभिन्न सहयोगी संघसंस्थाहरुले समेत काम गरिरहेका छन् । बैतडीमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र भिएसओको सहयोगमा पीसवीनले रुपान्तरण कार्यक्रम मार्फत बालविवाह अन्त्यका लागि काम गरिरहेको छ । पालिकाहरुलाई बालविवाह अन्त्यका लागि रणनीति बनाउने काममा समेत सहयोग भइरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।

स्थानीय तहहरुसंगकै सहकार्यमा जिल्लाका विभिन्न स्थानीय तहका ४५ ओटा वडामा किशोरकिशोरीहरु मार्फत रुपान्तरण कक्षा समेत सञ्चालन भइरहेका पीसवीनका फिल्ड संयोजक कृष्णदत्त भट्टले बताए । उनले भने ‘गाउँमा हुने गरेका बालविवाह रोकथामका लागि किशोरकिशोरीहरुले पहल गरिरहेका छन् । उनीहरुले बालविवाहले पार्ने असरका बिषयमा समेत आफ्नो गाउँठाउँमा सचेतना फैलाइरहेका छन् ।’ सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.