Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीका ५ पालिकाले बालविवाह अन्त्यका लागि रणनीति बनाए

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २८, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बैतडीका ५ ओटा पालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले यस अघि नै बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएका थिए भने दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र सिगास गाउँपालिकाले यो बर्ष रणनैतिक योजना बनाएका हुन् ।

पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाले यो बर्ष बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएर बालविवाह न्यूनीकरण गर्ने प्रयास गरेका छन् । बालविवाह अन्त्यका लागि बनेको रणनैतिक योजना सार्वजनिक गर्दै दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले घरबाटै बालविवाह अन्त्यका लागि पहल गर्नुपर्ने बताइन् । सरकारले सन् २०३० भित्र बालविवाहलाई शून्यमा झार्ने लक्ष्य लिएकाले सोही अनुसार नगरपालिकाले रणनैतिक योजना बनाएको उनले बताइन् ।

बालविवाह अन्त्यका लागि रणनीति बनाएको सिगास गाउँपालिकाले वडा तहबाटै तथ्यांक संकलन गरेर बालविवाह अन्त्यका लागि पहल गर्ने बताएको छ । वडाबाटै तथ्यांक संकलन गरेर बालविवाह न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्ने सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने ‘बालविवाह एक समस्याको रुपमा देखा परेको छ । यसले अन्य क्षेत्रलाई पनि प्रभाव पारेकाले त्यसलाई रोक्नका लागि हामीले पहल गर्छौं ।’
यता बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएको पाटन नगरपालिकाले किशोरकिशोरीहरुलाई सक्षम बनाउने खालका कार्यक्रम अघि सार्ने बताएको छ ।

बालविवाह अन्त्यका लागि बनेको रणनीतिक अनुसार कार्यक्रम कार्यान्वयनमा ल्याउने पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । उनले भने ‘बालविवाह अन्त्यका लागि समाजका सबै वर्ग लाग्नुपर्ने देखिन्छ । यसका लागि हामी सबैसंग सहकार्य गरेर अगाडि बढ्छौं ।’

सरकारले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्य लिएकाले सरकारको लक्ष्य परिपूर्तीमा विभिन्न सहयोगी संघसंस्थाहरुले समेत काम गरिरहेका छन् । बैतडीमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र भिएसओको सहयोगमा पीसवीनले रुपान्तरण कार्यक्रम मार्फत बालविवाह अन्त्यका लागि काम गरिरहेको छ । पालिकाहरुलाई बालविवाह अन्त्यका लागि रणनीति बनाउने काममा समेत सहयोग भइरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।

स्थानीय तहहरुसंगकै सहकार्यमा जिल्लाका विभिन्न स्थानीय तहका ४५ ओटा वडामा किशोरकिशोरीहरु मार्फत रुपान्तरण कक्षा समेत सञ्चालन भइरहेका पीसवीनका फिल्ड संयोजक कृष्णदत्त भट्टले बताए । उनले भने ‘गाउँमा हुने गरेका बालविवाह रोकथामका लागि किशोरकिशोरीहरुले पहल गरिरहेका छन् । उनीहरुले बालविवाहले पार्ने असरका बिषयमा समेत आफ्नो गाउँठाउँमा सचेतना फैलाइरहेका छन् ।’ सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व