सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सिगासमा तीनओटा लघुजलविद्युत आयोजना निर्माण

बैतडीको सिगास गाउँपालिकाले स्थानीयहरुको विद्युत सेवामा पहुँच पुर्याउन तीनओटा लघुजल विद्युत आयोजना निर्माण गरेको छ । गएको ५ बर्षमा पालिकामा तीनओटा नयाँ जलविद्युत आयोजना निर्माण भएका छन् भने दुईओटाको मर्मत सम्भार गरिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।

गाउँपालिकाको वडा नं ९ मा ४६ किलोवाटको दोगाड लघु जलविद्युत आयोजना निर्माण गरिएको छ । ५ सय घरधुरीमा बत्ती बलिरहेको सो योजना १ करोड २५ लाखको लागतमा निर्माण सम्पन्न भएको अध्यक्ष धामीले बताए ।

यस्तै वडा नं ६ मा रहेको थलालीगाड लघु जलविद्युत आयोजनाले १ सय ५० घरधुरीमा उज्यालो दिन सफल भएको छ । २३ किलोवाट क्षमताको सो जल विद्युत आयोजना २ करोडको लगानिमा निर्माण सम्पन्न भएको सिगास गाउँपालिकाले जनाएको छ ।

World Link Ads
Sana Kishan

यस्तै वडा नं ६ मै रहेको भेगेखोला लघुजल विद्युत आयोजनाको काम अन्तिम चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाले बताए । २ करोडको लागतमा निर्माण भएको सो योजनाको मेसिन राखेर सञ्चालन गर्न मात्रै बाँकी रहेको उनले बताए । एक सय घरधुरीमा बत्ती बाल्ने लक्ष्य सहित सो योजना निर्माण गरिएको हो ।

यस्तै वडा नं ९ को च्वाँ लघुजल विद्युत आयोजना र पातलीगाड लघुजल विद्युत आयोजनाको मर्मत सम्भार गरी सञ्चालनमा ल्याइएको अध्यक्ष धामीले बताए ।

विद्युत राष्ट्रिय प्रशारण लाइन तत्काल पुग्न सक्ने सम्भावना नरहेका ठाउँमा लघुजल विद्युत आयोजना निर्माण गरिएको सिगास गाउँपालिकाका प्रवक्ता अम्मर धामीले बताए । उनले भने ‘लघुजल विद्युत आयोजना निर्माण भएपछि स्थानीयबासीहरुलाई फाइदा भएको छ । उनीहरुको विद्युत सेवामा पहुँच पुगेको छ ।’ सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close