सुदुरपश्चिममा क्रियाशिल बिद्यार्थी सङ्गठनहरुले सुदुरपश्चिम विश्वविद्यालय भित्र देखा परेका समस्यालाई तत्काल सुधार गर्न माग गरेका छन् ।
क्रियाशिल बिद्यार्थी सङ्गठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सुदुरपश्चिम विश्वविद्यालय भित्र पछिल्लो पटक देखिएका समस्याहरु मौलाउँदै गएको प्रति चिन्ता ब्यक्त गर्दै तिनको समाधानको लागि ४ बुँदे माग अघि सरेका छन ।
५ बिभिन्न क्रियाशील बिद्यार्थी सङ्गठनहरुका पदाधिकारीहरुद्धारा हस्ताक्षरीत विज्ञप्तीमा पछिल्लो समय सुप विश्वविद्यालय भित्र मौलाएको विकृति ,विसङगति,पाठ्यपुस्तकको अभाव,परिक्षा प्रणाली लगायत समस्यामा क्रियाशिल बिद्यार्थी सङ्गठनहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
’सुप विश्वविद्यालय कैलाली बहुमुखि क्याम्पस लगायत आशिंक क्याम्पसहरुमा विना सुचना विना प्रतिस्पर्धा अवैधानिक रुपमा गरिएका करार शिक्षक कर्मचारी भर्नाको निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ,’ निजि तथा सामुदायिक क्याम्पसहरुले विद्यार्थी अभिभावकको ढाड सेकिनी गरी मनोमानी रुपमा वृद्धि गरिएको विभिन्न शिर्षकको शुल्क बुद्धि अविलम्ब फिर्ता गर्न माग गर्दछौ ।’
त्रिविले यहि फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय अर्थात तयारी स्वागत गर्दै सुप विश्वविद्यालयलाइ पनि सोही समयमा स्ववियु निर्वाचनको मिति घोषण गरी आवश्यक तयारी गर्न पनि संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गोदावरी न्युज बाट सभार









Discussion about this post