सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सोमबार बैतडीको मेलौलीका विद्यालयमा शोक बिदा

2,809
Sana Kishan

सोमबार बैतडीको मेलौली नगरपालिकाभित्र रहेका विद्यालयहरु बन्द रहने भएका छन् । मेलौली नगरपालिका १ स्थित जनचेतना आधारभूत विद्यालयमा कार्यरत शिक्षक रोशनसिंह नायकको निधन भएको शोकमा भोलि नगरपालिकाभरीका विद्यालय बन्द रहने मेलौली नगरपालिकाले जनाएको छ ।

विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध नायकको ४२ बर्षको अल्पायुमै शनिबार निधन भएको थियो । शिक्षक नायकको निधन भएकाले विद्यालयहरुमा एक दिने शोक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । यस्तै शिक्षक नायकको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै नगरपालिकाले दुःख समेत व्यक्त गरेको छ ।

Arus
Karnali Traders

 

सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.