

मंसिर २३ कञ्चनपुर,सुन्दरपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा शुक्रवार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्वस्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा वेदकोट नगरपालिकाको समन्वयमा सञ्चलीत स्वस्थ्य शिविरमा महिलाहरु मा देखा पर्ने पाठेघरको क्यन्सर, स्तन क्यान्सर लगायत नसर्ने रोगहरुको विशेषज्ञ चिकित्सकद्धारा बिरामीहरुको चेकजाँच गरिनुका साथै गर्भवती महिलाहरुको चेक जाँच तथा भिडियो एक्स — रे सेवा पनि शिविरमा उपलब्द रहेको थियो ।
शिविरमा अन्य सेवामा परिवार नियोजन सेवा , प्रयोगशाला सेवा, स्वास्थ्य शिक्षा तथा परार्मश सेवा तथा निः शुल्क औषधि वितरण सेवा समेत उपलब्ध रहेको वडा अध्यक्ष्य जनक सिह विष्टले जानकारी गराउनु भयो ।


स्वास्थ्य शिविर वाट गर्भवती महिला, जेष्ठ नागरिक तथा अन्य गरि जम्मा ३७२ जनाले सेवा लिएको वडा अध्यक्ष्य बिष्टले जानकारी दिनु भएको थियो ।
