सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
15 SP Vyapar Mela long Ad

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज जमानी जात्रा

152
Sana Kishan

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जमानी जात्रा लाग्ने भएको छ । दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज जमानी जात्रा लाग्ने भएको हो ।

हरेक बर्षको मंसिर शुक्ल पूर्णिमाका दिन निङ्गलाशैनी मन्दिरमा जमानी जात्रा लाग्ने गरेको छ । अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भएपनि यो जात्रामा कुनै प्रकारको बलि नहुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहरा जानकारी दिए ।

Arus

जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको उनको भनाइ छ । निङ्गलाशैनी भगवतीको भण्डार प्रर्दशन हुने भएकाले टाढा टाढाबाट समेत भक्तजनहरु दर्शनका लागि आउने गरेको बताइएको छ । हरेक बर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको बिशेष पूजाआजा हुने गरेको छ ।

Karnali Traders

जात्रामा निङ्गलाशैनी भगवतीको उत्पतिसंग जोडिएको ठाडो खेल र ड्यौडा समेत खेल्ने गरिएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष बोहराले बताए ।

जात्रामा निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गरेका छन् ।

निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुर्दशी, असोजको नवरात्र र धान्य पूर्णिमका दिन बिशेष पूजाआजा सहित जात्रा लाग्ने गर्दछ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.