
कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाकोे घोडाघोडी नगरपालिका (१० अमखैयामा आईतबार मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको हो ।

आइतबार बिहान ७ बजेर १५ मिनेटमा से ५ प १३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।

अनियन्त्रित भएर पल्टिँदा मृत्यु हुनेमा जिल्लाको धनगढी उपमहानगरपालिका ३ का ३६ वर्षीय टेकनाथ न्यौपाने सुखडस्थित घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी पहलमानपुरले बताएकोे छ । गोदावरी न्युज बाट सभार
