सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सुर्नयामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन हुने

बैतडीको सुर्नया गाउँपालिकाले प्रत्येक वडाका स्वास्थ्यचौकीहरुमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्ने भएको छ । गर्भवती आमाहरुको स्वास्थ्य स्थितीका बारेमा थाहा पाउनका लागि निशुल्क रुपमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्ने तयारी भएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।

भोलि(आइतबार)देखि विभिन्न स्वास्थ्य संस्थाहरुमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन हुने उनले बताए । गर्भावस्थामा हुन सक्ने जटीलताका बिषयमा समयमै पत्ता लगाई मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए ।

Sana Kishan

ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत मंसिर ११ गते रौलेश्वर स्वास्थ्यचौकीमा चेकजाँच गरिनेछ । यस्तै मंसिर १२ गते भौनेली स्वास्थ्यचौकी, मंसिर १३ गते वासुलिंग स्वास्थ्यचौकी, मंसिर १४ गते वासुदेव आधारभूत स्वास्थ्य केन्द्र र मंसिर १५ गते हटैराज स्वास्थ्यचौकीमा कार्यक्रम सञ्चालन हुने महराले बताए ।

World Link Ads
Mahakali Polytechnic

यस्तै मंसिर १८ गते शंकरपुर स्वास्थ्यचौकी, मंसिर १९ गते शिखरपुर सामुदायिक स्वास्थ्य इकाइ, मंसिर २० गते शिखरपुर स्वास्थ्यचौकी र मंसिर २१ गते भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

Dirghayu Ads

आफ्नो नजिकको स्वास्थ्य संस्थामा कार्यक्रम सञ्चालन भएको दिन उपस्थित भएर आफ्नो स्वास्थ्य चेकजाँच गराउन सबै गर्भवती आमाहरुलाई आग्रह समेत गरिएको छ । अल्ट्रासाउण्ड गर्दा पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्थाका बिषयमा पनि थाहा हुने भएकाले आफ्नो स्वास्थ्य चेक जाँच गराउन सबै गर्भवती आमाहरुलाई आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.