
कञ्चनपुर – जिल्लामा ट्र्याक्टरको ठक्करबाट एक जना साइकलयात्रीको ज्यान गएको छ। प्रहरीका अनुसार शनिबार बिहान जिल्लाको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर पेट्रोल पम्प नजिक से २ त २४७९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु भएका पुरुषको पहिचान भने नखुलेको बताइएको छ। ठक्कर दिने ट्र्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका घर भएका अन्दाजी २३ वर्षीया सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। गोदावरी न्युज बाट सभार
