सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी

डडेल्धुरा– प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन् । उनी ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन् ।

उनका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरा ४ सय ७४ मतले हारे । उनका निकटतम् प्रतिद्वन्दी बोहराले १० हजार ९ सय ७० मत पाए ।

Sana Kishan

पराजित बोहरा सुदूरपश्चिम् सरकारका सामाजिक विकास मन्त्री हुन् । जोशी २०५२ मा २४ बर्षको उमेरमा नेकपा एमालेको तर्फबाट जिल्ला प्रमुख बनेका थिए ।

World Link Ads
Mahakali Polytechnic

२०५४ को स्थानिय निर्बाचनमा भने जोशी पराजित भएका थिए । २०६२ –६३ को जन आन्दोलनको अगुवाई समेत गरेका जोशी जेल समेत परेका थिए । जोशी २०६९ मा सर्ब सम्मत नेकपा एमाले डडेल्धुराको अध्यक्ष बनेका थिए ।

Dirghayu Ads

२०७० को संबिधान सभाको निर्बाचनमा उनी पराजित भएका थिए । २०७१ मा जोशी एमालेको पुनः जिल्ला अध्यक्ष बनेका थिए । उनी २०७४ को निर्बाचनमा पनि सोही निर्बाचन क्षेत्रमा प्रदेश तर्फ पराजित बनेका थिए ।
जोशी एसियाकै उत्कृष्ट विश्वबिधालय भारतको जे एन यु बाट पिएचडी स्क्लर पनि हुन । अन्तराष्ट्रिय राजनिती र कुटनितीको बारेमा पनि उनको गहिरो रुची रहेको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.